अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० श्रावण १०, बुधबार ०९:४३

प्रतीक फोटो

प्रतीक फोटो
सर्लाही,साउन १०
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-१ भेडियाही स्थित नेपाल भारत सिमा दशगजा नजिक मंगलबार दिउँसो एक अज्ञात पुरुषको शव फेला परेको छ।
अन्दाजी २५/३० वर्षको देखिने उक्त पुरुषको शव भारतको सितामढी जिल्ला सोनवर्षा प्रखण्ड अन्तर्गत पर्ने लडकवा नाका नजिक नेपाल तर्फको मलंगवा न.पा वडा न-१ भेडियाही स्थित सुनसान धानखेतमा फेला परेको हो।खेतमा काम गर्ने मानिसहरुले शव देखेपछि दिउँसो १ बजेको समयमा उक्त घटना बाहिर आएको सर्लाही प्रहरी कार्यक्रम सर्लाहीले जानकारी दिएको छ।
घटना स्थलमा पुगेका डिएसपी कैलाश राईका अनुसार घटनास्थलको प्रकृतिलाई हेर्दा मृतक युवकलाई रातीनै भारततर्फ हत्या गरेर घिसार्दै सिमानाका कटाउँदै नेपाल तर्फको भुमीमा फालिएको हुनसक्छ।
शवको पहिचान खुलाउनको लागि भारतीय सुरक्षा निकायसँग सम्पर्क गरि अनुसंधान भइरहेको डिएसपी राईले जानकारी दिए।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार