
काठमाडौ , मंगलबार ९
काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि अवरोध गरेको छ । काठमाडौं महानगरपालिका वडा नं- ३२ स्थित शंखमुल घाटमा स्थानीयले गरेको ‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सव’मा काठमाडौं महानगरपालिकाले अवरोध गरेको छ। उक्त स्थानमा गत साउन १ गतेदेखि महोत्सव संचालन भइरहेको ।
महानगरपालिकासँग अनुमति नलिई अनुष्ठान गरिएको भन्दै महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगर प्रहरीको टोलीले मंगलबार अनुष्ठान बन्द गर्न आग्रह गरेका थिए।
पार्कमा हिँड्न नपाएको भन्ने जन गुनासो आएको र वडाको स्वीकृती समेत नलिई गरिएको भन्दै नगरप्रहरी प्रमुख पाण्डेले वडाको स्वीकृती लिएर मात्रै गर्न आग्रह गर्दै यस्ता कार्यक्रम धार्मिकस्थलमा मात्रै गर्न अनुरोध गरेका थिए । तर स्थानीयहरुले भने यो धार्मिक स्थल नै भएकाले आफूहरुले महोत्सव गरेको बताएका थिए ।
सो विषयमा नगरप्रहरी र स्थानीयबीच केहीबेर भनाभन समेत भएको थियो ।





