अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० श्रावण ५, शुक्रबार २०:५४


सर्लाही,साउन ५
जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेकी एक महिलाकाे मृत्युु भएकाे छ । प्रहरीहरूकै हिरासतमा महिलाकाे मृत्युु भएपछि स्थानीयहरूमा डर त्रासकाे अवस्था सृजना भएकाे छ । प्रहरी नायब उपरीक्षक कैलास राईकाे भनाई अनुसार थुनुवा महिलाले हिजाे राती १० बजेर ५ मिनेटमा शाैचालयमा गएर आत्महत्याकाे प्रयास गरेकी थिईन । प्रहरीले खबर पाउन साथ निज महिलालाई प्रादेशिक असपताल मलंगवामा लगेर चेकजाँच गर्दा महिलाकाे मृत्युु भईसकेकाे चिकित्सकले बताएकाे नायब उपरीक्षक राईकाे भनाई छ । हिरासतमा रहेकी एकल महिला प्रहरीहरूकै अगाडि आत्महत्याको प्रयास गरेपछि थुनुवा काेठामा रहेका प्रहरीले थाह नपाउनु चिन्ताकाे बिषय रहेकाे स्थानीयहरूकाे भनाई छ ।
साउन १ गते सोमवार ७ बजे मलंगवा ८ झिलिमिलियामाई नजिकै नेपाल भारत बोर्डर ईलाकाबाट शसस्त्र प्रहरीले श्रोत नखुलेको रकम र चाँदीसहित नेपाल आउँदै गरेका २ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा चक्रघट्टा गाउँपालिका ८ का बर्ष ३२ का राम केवल राय र सोहि ठाउँकी बर्ष ४० कि हजरत खातुन थिए ।

श्रोत नखुलेको ५ लाख ४ हजार नेपाली रुपैँया र ५ सय ७७ ग्राम चाँदी सहित पक्राउ परेका दुबैलाई प्रहरीले ३ गते बुधवार भन्सार कार्यालय मलंगवा बुझाएका थिए । मलंगवा भन्सारले ४ गते बिहिवार हजरत खातुनलाई ३ लाख ३९ हजार धरौटि तोकेकोमा खातुनले धरौटिबापतको रमक बुझाउन नसकेको भन्दै जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा हिजाे साझमा पठाएको थियो ।
महिला हिरासतमा रहेकी खातुनले राति १० बजेर ५ मिनेटकाे समयमा शौचालयमा गई सलले पासो लगाई आत्महत्याको प्रयास गरेको अवस्थामा ड्युटिमा रहेका प्रहरीले थाहा पाई उपचारका लागी प्रादेशिक अस्पताल मलंगवा पुर्याएकाे भएपनि निज महिलालाई चिकित्सकहरूले मृत घाेषणा गरेकाे थियाे ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार