अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० श्रावण ४, बिहीबार ०९:३४

सर्लाहीको धनकौलमा पशुलाई बचाउन ‘लम्पी स्किन’को खोप लगाइँदै

सर्लाही,साउन ४
बिगत केही दिनदेखि स्थानीय किसानहरुले पालेका गाई,भैसीमा लम्पी स्किन नामक रोगको संक्रमण देखा पर्न थालेपछि धनकौल गाउँपालिकाले पशुलाई रोगबाट बचाउनका लागि पालिका अन्तर्गतका ७ वटै वडामा शिविरको आयोजना गरि पहिलो पटक खोप लगाउन थालेको छ।
गाउँपालिकाबाटै सो रोग विरुद्धको २ हजार भाइल खरिद गरि सात वटै वडामा शिविरको आयोजना गरि घर तथा फर्ममा पालिएका पशुलाई खोप लगाउन सुरु गरेको पशु सेवा शाखा प्रमुख राम श्रेष्ठ महतोले बताए। यो खोप सङ्क्रमित पशुको लागि नभएकोले शिविरमा ल्याइएका पशुहरु मध्ये संक्रमित नभएको पशुलाई मात्र संक्रमित हुनबाट बचाउनका लागि लगाउने गरेको उनले बताए ।
गाउँपालिकाका सबै वडामा लम्पी स्किन देखिए पनि एकिन तथ्याङ्क भने नरहेकोले सङ्क्रमित भएका पशुको उपचार पनि गरिरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीका बरिस्ठ पशु विकास अधिकृत शंकर साहले बताए ।
साहका अनुसार धनकौल गाउँपालिकामा मात्र नभइ जिल्लाको अन्य पालिकाहरुमा पनि लम्पी स्किनको सङ्क्रमण फैलिएको छ ।यसको संक्रमणबाट धनकौलमै २ वटा पशु मरिसकेका छन् । लम्पी स्किन रोगका कारण पशुको मृत्यु नै हुने अवस्था नरहेको भए पनि उच्च ज्वरो आउँदा उपचार नपाएर मर्न पनि सक्ने उनको भनाइ छ ।
साहका अनुसार यो रोग देखिएपछि दूध उत्पादनमा कमी आउनुका साथै प्रजनन समस्या आउने तथा गर्भपतन समेत हुनसक्ने सम्भावना रहन्छ ।
धनकौल गा.पा को वडा न-२ बाट सुरु भएको शिविरको बुधबार बिहान बरिस्ठ पशु विकास अधिकृत साहको प्रमुख आतिथ्यत ,वडा न-२ को वडाअध्यक्षको अध्यक्षता तथा धनकौल गा.पा जिन्सी शाखाका प्रमुख कृष्ण नन्दन साह,पशु प्राविधिक र स्थानीय किसानहरु लगायतको उपस्थितिमा एक औपचारिक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार