अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० श्रावण ३, बुधबार २१:३३

विमतिकी श्रीमतीलाई एल. आई. सी नेपाल द्वारा मृत्यु दावी रकम हस्तान्तरण

सर्लाही,साउन ३
एल. आई. सी (नेपाल) लिमिटेडले बिमा दावी रकम वापत मृतक बीमितको परिवारलाई ५ लाख ४७ हजार रुपैयाँ बराबरको चेक प्रदान गरेको छ ।
कम्पनीले बुधबार दिउँसो सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा न-२ बबरगंज स्थित विमति मनोज कुमार कुशवाहाको घरमै गएर सो रकम बराबरको चेक उनकी श्रीमती शुकुमारी देवी महतोलाई हस्तान्तरण गरेको हो ।दुर्घटनामा परेर मृत्यु भएको कुशवाहाले २ लाख ५० हजार रुपैयाँको बिमा गराएको एजेन्सी प्रबन्धक मनोज कुमार राउतले बताए ।
कम्पनीले बुधबार दिउँसो बबरगंज स्थित कुशवाहाकै घरमा एक कार्यक्रमको आयोजना गरि मृतक बीमितकी श्रीमति शुकुमारी देवी लाई सो रकम हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण गर्दै एजेन्सी प्रबन्धक राउतले नागरीकको सुरक्षाका लागि बीमा अपरिहार्य भएको बताए । बीमा गर्दा बीमा कम्पनी र एजेन्टहरुको विश्वसनीयता हेरेर छनोट गर्नुपर्ने उनले भने ।
रकम हस्तान्तरण कार्यक्रममा एल.आइ.सी नेपाल लालबन्दी शाखा प्रमुख प्रविन कुमार झा , बर्दिवास शाखा प्रमुख बिनायक झा , बरहथवा शाखा प्रमुख अनिल कुमार यादब , एजेन्सी प्रबन्धक राउत, अभिकर्ताहरू याेगेन्द्र महताे,अक्षय सिंह तथा विमितका आफन्तहरुको उपस्थिति रहेको थियो ।
रकम हस्तान्तरण पश्चात् उपस्थित कम्पनीका पदाधिकारी र स्थानीयबासीहरुले मृतक कुशवाहालाई श्रद्धाञ्जली दिएर कार्यक्रमको समापन गरेका थिए।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार