अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० श्रावण १, सोमबार २३:२७

सर्लाही,साउन १
सर्लाहीको सदरमुकाम मलंगवाका एक किशोर प्रेस लेखिएको मोटरसाइकलको प्रयोग गरेर भारतबाट लागुऔषध ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी द्वरा पक्राउ परेको छ। पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा न-३ बस्ने नसिमुल मिकरानीको नाति राजा बाबू मिकरानी रहेका छन् ।
आज(सोमबार) साँझ चेकजाँचको क्रममा सशस्त्र प्रहरीको टोलीले निजलाई प्रेस लेखिएको मोटरसाइकलमा भारतबाट मलंगवातर्फ आउँदै गरेको अवस्थामा रोकेर चेकजाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ गरेको हो।मिकरानी सँगै मलंगवा -३ बस्ने मोहम्मद नुर हसनका छोरा मासुम हसन पनि पक्राउ परेका छन् ।मासुम हसन राजाबाबुले चलाएको मोटरसाइकलको पछाडि बसेर सँगै आइरहेका थिए।
मासुम हसनका पिता नुर हसनका अनुसार राजाबाबुको साथबाट बरामद भएको लागुऔषधको बारेमा छोरालाई कुनै जानकारी नभएको र ओसारपसारमा समेत छोराको कुनै संलग्नता नरहेकोले उ निर्दोष रहेको छ।बाबु छोरा दुबैजना केही महिना अगाडी विदेशबाट बिदामा आएको र मेरो साउन २ गते मंगलबार विदेशको लागि उडान रहेको र छोराको पनि अगस्ट १२ तारिखको दिन उडान रहेकोले उनी यस्तो कार्यमा नलागेको पिता नुर हसनले बताए ।
पक्राउ परेका राजाबाबु र हाम्रो घर एउटै टोलमा रहेकोले निजसँग एउटा छिमेकीको नाताले छोरा मासुम हसनसँग चिनजान रहेकोले सँगै गएको हुनसक्ने अथवा बाटोमा भेटहुँदा मोटरसाइकलमा चढेको हुनसक्ने नुर हसनले बताए ।
राजाबाबु यसअघि पनि सर्लाही जिल्ला र जिल्ला बाहिरबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिकाकाहरुको किर्ते बिल(नक्कली बिल)बनाएर विभिन्न पालिका,सरकारी कार्यालय र ब्यक्तिहरु सँग पैसा असुल्ने गरेको आरोपमा पक्राउ परिसकेका छन् ।निजलाई आइन्दा फेरीपनि त्यस्तो कार्य नगर्न भनि जिल्ला प्रहरी कार्यालयमा कागज गराएर छाडिएको थियो। कागज गराएर छाडिएपनि निजले केही स्थानीय र जिल्ला बाहिरका पत्रिकाहरु संकलन गरेर सम्बन्धित पत्रिकाको प्रकाशकको जानकारी बगैर नक्कली बिल र छापको प्रयोग गरेर पैसा उठाउँदै आएको र सो कार्यको लागि आफैले नक्कली प्रेस परिचयपत्र बनाएर प्रेस लेखेको मोटरसाइकलको प्रयोग गर्दै आएको उनी निकटका ब्यक्तिहरुले बताएका छन् ।
यसअघि पनि लकडाउनको समयमा सर्लाहीमा नेपाल भारत सिमाबाट प्रेस लेखिएको मोटरसाइकलमा लुकाएर राखेको पेस्तोल सहित दुईजना ब्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
पछिल्लो समय जिल्लामा जोकोही ब्यक्तिले पनि मोटरसाइकलमा प्रेस लेखेर हिंड्ने र प्रेस लेखेको गाडीको प्रयोग गरेर विभिन्न अपराधिक क्रियाकलाप गर्नेहरु बढेकोले यसतर्फ नेपाल पत्रकार महासंघको ध्यान जान र यस्ता नक्कली पत्रकारहरुको पहिचान गरि कार्यवाहीको दायरामा ल्याउन अत्यन्त जरुरी रहेको बुद्धिजीवीहरु बताउँछन् ।यस्ता केही नक्कली पत्रकार र अपराधिक किसिमका ब्यक्तिहरुले गर्दा सिंगै प्रेस जगतनै बदनाम भइरहेको नागरिक समाजका अगुवाहरुको भनाइ छ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार