अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० असार ३०, शनिबार १०:२२

मनोज यादव—
सर्लाही,असाढ ३०
लालबन्दी नगरपालिकाका बर्तमान जनप्रतिनिधिले आफैले गरेको भन्दै पुराना  योजनाहरु देखाएर पन्छिन खोजेको नगरबासीहरुले आरोप लगाएका छन्।मुनाल सामुदायिक संस्थाले शुक्रवार आयोजना गरेको लालबन्दी नगरपालिकाको सार्वजनिक सुनवाइ कार्यक्रममा सहभागी भएका स्थानीय नगरबासीहरुले गुनासो सुनाउने क्रममा यस्तो आरोप लगाएका हुन्।
लालबन्दी न.पा वडा न-७ स्थित डुमडुमे महादेव मन्दिर नजिक पुर्व पश्चिम राजमार्गको छेउमा खुल्ला रुपमा आयोजना भएको कार्यक्रममा सहभागी भएका सर्वसाधारण, विद्यार्थी, शिक्षक, विभिन्न संघसंस्थाका प्रतिनिधि,स्थानीय नेता,व्यापारी  लगायतले वडा तथा नगर स्तरबाट भए गरेका विभिन्न विकास निर्माणका काम, सेवा, सुविधा, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक विकास,अपराध,दुर्घटना सुरक्षा लगायतका क्षेत्रमा गरिएका कामबारे जिज्ञाशा राखेका थिए, तर लालबन्दी न.पा मा १७ वटा वडा रहेता पनि  कार्यक्रम स्थलमा भने नगरप्रमुख बासुदेव अधिकारी,उपप्रमुख कल्पना माया पाख्रिन र केही न्यून संख्यामा वडाअध्यक्षहरुको मात्र उपस्थिति रहेकोले आआफ्नो गुनासो सुनाउन नपाएको भन्दै सम्बन्धित वडाका बासिन्दाहरुले आक्रोश समेत पोखेका थिए।
स्थानीय सरकार संचालन ऐन अनुसार आर्थिक वर्ष २०७९/०८० मा वडा तथा नगरबाट भए गरेका प्रत्येक गतिविधिहरुको बारेमा नगरबासीहरुलाई जानकारी गराएर   सल्लाह सुझाव संकलन गर्ने उदेश्यले सार्वजनिक सुनवाइ कार्यक्रमको आयोजना गरिएको आयोजक मुनाल सामुदायिक संस्थाका अध्यक्ष रामबाबु खडकाले बताए ।
नगरप्रमुख अधिकारीका अनुसार गत आ.व को श्रावण देखि असाढ मसान्तसम्म कृषि,सिंचाइ ,स्वास्थ्य ,शिक्षा ,संस्कृति, लघु उद्यम,विधुत सेवाको विस्तार ,सडक स्तरोन्नति,सरसफाइ लगायतका कामहरुको साथै जग्गाको बर्गिकरण गरि कित्ताकाट सुरु गराएको ,कर्मचारीहरुको व्यवस्थापन ,विभिन्न योजना तथा कार्यक्रमहरु नियमितरूपमा संचालन गरि सम्पन्न गरेको ,कृषि ,सिंचाइ र खानेपानीका संरचनाहरु निर्माण गरेको ,नारायण खोला र कालिन्जोर खोलामा पक्की पुल ,विभिन्न सामुदायिक विद्यालयको भवन र सामुदायिक भवनको निर्माणकार्यको लागि ठेक्का आव्हान भइ काम सुचारु रहेको र केहीको काम सम्पन्न समेत भइसकेर सम्पूर्ण योजना तथा कार्यक्रमहरुको भुक्ततानी ९८ प्रतिशत सम्पन्न भइसकेको छ।यसबाहेक रंगशाला,औद्योगिक ग्राम ,बजार व्यवस्था ,लालबन्दी, मरिन दुम्जा सडकमा ट्रयाक खोल्ने काम,पर्यटन विकास ,वडा स्तरमा पुर्वाधार विकास लगायतका कामका लागि पनि प्रकृया अगाडी बढाइसकेको नगरप्रमुख अधिकारीले जानकारी गराए। गत आ.व को असार मसान्तसम्म नगरबाट विविध शिर्षकमा सामाजिक सुरक्षा भत्ता बाहेक कुल वार्षिक बजेट १ अर्ब १७ करोड ७६ लाख १५ हजार रुपैया रहेकोमा कुल खर्च ७४.१३ प्रतिशत भएको उनले बताए ।
नगरप्रमुख अधिकारीले सार्वजनिक सुनुवाईमा आएका गुनासो तथा सल्लाह सुझावलाई मनन् गर्दै आगामी दिनमा जनचाहना अनुसार अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार