अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० असार २९, शुक्रबार २३:४१

आदिकवि भानुभक्तको सम्झनामा मलंगवामा कविता वाचन

मनोज यादव—
सर्लाही,असाढ २९
२१० औ भानु जयन्तीको अवसरमा सर्लाहीको सदरमुकाम मलंगवामा खुल्ला बहुभाषिक कविता प्रतियोगिता सम्पन्न भएको छ।जुनसुकै उमेरका ब्यक्तिले भाग लिन सकिने उक्त प्रतियोगितामा जिल्लाभरीका  कविहरुले सहभागिता जनाएका थिए।
मलंगवा नगरपालिकाको आयोजना तथा नेपाल  मिथिला प्रज्ञा प्रतिष्ठान,मलंगवाको संयोजकत्वमा सम्पन्न भएको प्रतियोगिताको अध्यक्षता नगरप्रमुख नागेन्द्र प्रसाद यादवले गरेका थिए।उक्त   प्रतियोगितामा चन्द्रशेखर प्रसाद रस्तोगी प्रथम भएका छन् भने सिंघेश्वर प्रसाद सिंह द्वितीय र मैथली भाषाका गायक संतोष कर्ण तृतिय भएका छन् । प्रतियोगिताका विजयीहरुले क्रमशः १० हजार,७  हजार र ५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन्। विजयीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश सांसद कौशल किशोर राय र नगरप्रमुख यादवले प्रमाणपत्र र नगद हस्तान्तरण गरेका थिए।प्रतियोगितामा सहभागी भएका विजेता बाहेकका श्रष्टहरुलाई पनि प्रोत्साहन स्वरुप प्रमाणपत्र प्रदान गरिएको छ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले बदलिँदो समयसँगै  इतिहासको पानामा मात्र सिमित हुँदै गइरहेको आदीकवि भानुभक्त आचार्यलाई इतिहासको पानाबाट निकालेर नयाँ पुस्ता बिच  उहाँको कला, साहित्य र जिवनीलाई  अमर राख्न साथै साहित्य प्रतिको रुचि बढाउन भन्दै उदेश्यले प्रतियोगिताको आयोजना गरेको बताउनुभयो ।
खुल्ला रुपमा आयोजना गरिएको प्रतियोगितामा  सहभागी भएका बाहेकका श्रष्टाहरुले पनि विभिन्न शिर्षकमा कविता वाचन गरेर कार्यक्रम स्थललाई साहित्यमय बनाएका थिए।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार