अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० असार २९, शुक्रबार २२:२७

सर्लाही,असाढ २९
सर्लाहीको गोडैतामा नगरस्तरिय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न भएको छ ।गोडैता नगरपालिकाको आयोजना तथा राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र(आर.आर.पि.के) मलंगवाको सहकार्यमा बिहीबार नगर स्तरीय सल्लाहकार समितिको बैठक तथा योजनाहरुको संयुक्त अनुगमन सम्पन्न भएको छ।
कार्यक्रममा गोडैता न.पा मा काम गर्ने विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुले अर्धवार्षिक अर्थात २०२३ जनवरी देखि २०२३ जुनसम्म गरेको कामको प्रगति र समिक्षाको साथै आगामी ६ महिनाको कार्ययोजनाको बारेमा छलफल गर्नुका साथै आर.आर.पि.के ले सम्पन्न गरेका योजनाहरु मध्ये २ वटा निर्माणका क्षेत्रहरु वडा न-२ जयपुरको स्वास्थ्य संस्था र वडा कार्यालयको संयुक्त लगानीमा निर्माण भएको  शौचालय र वडा न-४ रोहुवा स्थित श्री जगन्नाथ प्राथमिक विद्यालयमा निर्माण भएको स्वच्छ खानेपानी स्थलको अनुगमन गरिएको गोडैता न.पा ले जनाएको छ।
कार्यक्रममा नगरप्रमुख देवेन्द्र कुमार यादव,सम्बन्धित वडाका वडाअध्यक्षहरु ,विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार