अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० असार २८, बिहीबार १७:०४

सर्लाही,असाढ २८
सर्लाहीमा ट्राफिक नियमको उलंघन बढेपछि त्यसलाई नियन्त्रण गर्न जिल्लाका तीन स्थानमा ट्राफिक प्रहरी पोष्ट थपिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले हुलाकी सडक अन्तर्गत जिल्लाको पर्सा, गोडैता र नवलपुर–मलङ्गवा सडक अन्तर्गत कविलासीमा अस्थायी ट्राफिक पोष्ट राखेको हो । तीनवटै स्थानमा ट्राफिक प्रहरीको आफ्नै संरचना नरहेकाले तत्कालका लागि प्रहरी चौकीमै अस्थायी ट्राफिक पोष्ट राखिएको सर्लाहीका ट्राफिक प्रहरी प्रमुख (इन्स्पेक्टर) लेखनाथ मैनालीले जानकारी दिए । उनका अनुसार पर्सा गाउँपालिकामा तत्काललाई हुलाकी सडकदेखि केही दक्षिणतर्फ पर्ने सीमावर्ती क्षेत्रस्थित त्रिभुवननगर प्रहरी चौकीमा ट्राफिक प्रहरी राखिएको छ ।
अर्को विकल्प हुनासाथ हुलाकी सडकमै ट्राफिक बस्ने मैनालीले बताए । आफूले दक्षिणी भेगको अनुगमनमा जाँदा सामान्य ट्राफिक नियम समेत पालना नभएको पाएपछि कविलासीमा ट्राफिक प्रहरी नायब निरीक्षक (सइ) को नेतृत्वमा तीन जना र पर्सा तथा गोडैतामा ट्राफिक प्रहरी हवल्दारको नेतृत्वमा दुई जना ट्राफिक प्रहरी राखेर ट्राफिक नियम कार्यान्वयन गराउन पहल गरेको मैनालीको भनाई छ ।
जिल्लाको दक्षिणी भेगमा मोटरसाइकल चलाउँदा हेल्मेट नलगाउने, दुई जना भन्दा बढी चढ्ने, भारतीय मोटरसाइकल भन्सार नबुझाइ चलाउनेजस्ता समस्या धेरै छन् ।ग्रामीण भेगमा अहिले सडक पनि धेरै नै कालोपत्रे भइसकेका र ट्राफिक नियम उल्लङ्घन गरी तीव्र गतिमा जथाभावी मोटरसाइकल दौडाउँदा दुर्घटना बढेको, दुर्घटनापछि भारतीय मोटरसाइकल भए त्यसको धनी नै फेला नपर्ने गरेको, धनी फेला नपरेपछि घाइतेलाई उपचार तथा ती घाइतेको मृत्यु भए क्षतिपूर्ति दिलाउनै गाह्रो पर्ने भएपछि ट्राफिक प्रहरी थपेर चेकिङ बढाउन थालिएको ट्राफिक प्रहरीले जनाएको छ ।
अब जिल्लाभर गरी ११ स्थानमा ट्राफिक प्रहरी पोष्ट भएका छन् । यसअघि लालबन्दी, हरिवन, नयाँरोड, बागमती, बरहथवा, हरिपुर, मलङ्गवा र फूलजोरमा ट्राफिक प्रहरी पोष्ट रहेका थिए ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार