अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० असार २६, मंगलवार ०८:४७

पिडित पक्षद्वारा लापरबाह निकाय तथा ब्यक्ति उपर कानुुनी उपचार र क्षतिपूर्तिको माग—

मनोज यादव—-
सर्लाही,असाढ २६
सर्लाहीको नेपाल-भारत सिमा नजिकै पर्ने पर्सा गाउँपालिका वडा न–४, जिंगडवामा बाँके खोला नियन्त्रणका लागि खनिएको खाल्डोमा डुबेर एकै घरका सहोदर दाजुभाईको मृत्यु भएपछि सो घटना प्रति स्थानीयबासीहरु गम्भीर भएका छन् ।
गत शनिवार दिउँसो नदी नियन्त्रणका लागि मधेस प्रदेश सरकारबाट प्राप्त बजेटबाट निर्माण भइरहेको बाँधबाट चिप्लिएर कटान नियन्त्रण गर्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर स्थानीय नागेन्द्र महतोका दुई छोराहरु १२ वर्षीय प्रिन्स र १० वर्षीय दिपुको मृत्यु भएको थियो।
मृतकका आफन्त एवं स्थानीय राजनीतिकर्मी नागेश्वर साहका अनुसार नदी नियन्त्रणका लागि खनिएको खाल्डो एक समान नभइ बल्की कतै कम कतै बढी गहिरो खनिएको छ। जथाभावी रुपमा खनेर छाडिएको उक्त खाल्डोमा साना बालबालिका मात्र नभइ ठुला मानिस र पशुहरु समेत डुब्न सक्ने भएकोले सो दुर्घटनाको सम्पूर्ण दोषी नदी नियन्त्रणको जिम्मा पाएका निकाय र ब्यक्ति भएकोले सो घटनाको निष्पक्ष छानबिन गरि पिडित परिवारलाई तत्कालै क्षतिपूर्ति उपलब्ध गराइ दोषी उपर कानुनी कार्यवाही हुनुपर्ने आफुहरुको माग रहेको बताएका छन् ।बाँके खोलामा नदी नियन्त्रणका लागि केही दिनअघि मात्रै प्रदेश सरकारबाट प्राप्त ३५ लाख रुपियाँले खाल्डो खनेर तटबन्ध कस्ने काम भएको थियो ।
स्थानीय राजनितीकर्मी साहले बच्चा आफै नडुबी डुबाइएको आरोप लगाएका छन् ।उनका अनुसार तटबन्धको योजनामा बाहिरबाट माटो ल्याउनुपर्ने हुन्छ तर त्यहाँ यस्तो गरिएको छैन ।काम गलत तरिकाले भएको छ।कतै १० फिट त कतै १५ फिट सोही ठाउँबाट माटो खनेर तटबन्ध गरिएको छ।जबकी नदी चारैतिरबाट सुकेको छ। घटनाको जिम्मेवार सरकार र निर्माण कम्पनीको रहेकोले के कस्तो काम भइरहेको छ सो को इस्टिमेट देखाउनुपर्ने आफुहरुको माग रहेको साहले बताए ।
एकै परिवारका दुई बालकको मृत्यु भएपछि सम्पूर्ण जिंगडवा गाउँ यतिबेला शोकमा डुबेको छ ।उनीहरू घटना प्रति निष्पक्ष छानबिन,पिडितलाई क्षतिपूर्ति र गलत तरिकाले भएको योजनामा संलग्न निकाय तथा ब्यक्तिहरु उपर कानुनी उपचारको माग गरेका छन् ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार