अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० असार २३, शनिबार २३:५९

भानु जयन्तीको अवसरमा कविता प्रतियोगिता

लोकतन्त्र समाचारदाता—
सर्लाही,असाढ २३
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा बहुभाषिक कविता प्रतियोगिताको आयोजना गर्न लागेको छ । नेपाल मिथिला प्रज्ञाप्रतिष्ठानको संयोजकत्वमा असाढ १९ गते उक्त प्रतियोगिता हुन लागेको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिएका छन् ।
गौतमका अनुसार १६ वर्ष भन्दा माथिका सबै नेपालीले भाग लिन सकिने उक्त प्रतियोगितामा सहभागी हुने श्रष्टाहरुले लेखेर पेश गरेको कविता स्वयं उपस्थित भई वाचन गर्नुपर्ने ,कविता शिष्ट,सिर्जनात्मक ,संदेशमुलक हुनुपर्ने ,भानुभक्त वा साहित्यसँग सम्बन्धित राष्ट्रिय प्रेम झल्किने खालको हुनुपर्ने छ।साथै कविता सामान्यतया ३ सय शब्द सम्मको हुनुपर्ने छ।पठाइएको कविता स्वीकृत गर्ने अधिकार नगरपालिकाको रहने उनले बताए ।
प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुने प्रतियोगिहरुलाई प्रमाणपत्रसहित क्रमशः नगद रु १० हजार ,७ हजार र ५ हजार करकट्टा गरि प्रदान गरिने छ।
कविता मिति २०८० असाढ २९ गते भित्र दिउँसो १ बजेसम्म पठाइसक्नुपर्नेछ ।कविता [email protected] मा पठाउन सकिने शिक्षा शाखा प्रमुख प्रमोद मण्डलले जनाएको छ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार