अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० असार २१, बिहीबार ०९:१४

सर्लाही,असाढ २१
सर्लाहीको चन्द्रनगर गाउँपालिकाको आयोजना तथा सामुदायिक विकास केन्द्र (VCDC)को सहयोगमा न्यायीक समितिको लागि ५ दिने क्षमता अभिवृद्धि तालिम सदरमुकाम मलंगवामा सम्पन्न भएको छ।
चन्द्रनगर गा.पा अन्तर्गतको न्यायीक समितिका जिम्मेवार सदस्य एवं पदाधिकारीहरूलाई उत्तरदायी बनाएर क्षमता अभिवृद्धि गर्न उक्त तालिमको आयोजना गरिएको VCDC का अध्यक्ष लक्ष्मी सिंहले जानकारी दिए।
गापा उपाध्यक्ष गिता देवी महतोको अध्यक्षता तथा जिल्ला अदालत सर्लाहीका न्यायाधीश कमल प्रसाद पोखरेलको विशिष्ठ आतिथ्यतामा असाढ १६ गतेदेखि असाढ २० गतेसम्म संचालन भएको यो तालिम प्रभावकारी भएको सहभागीहरुले बताएका छन् ।
मलंगवा-३ स्थित महेन्द्र होटमा संचालन भएको उक्त तालिममा न्यायीक समितिका सदस्यहरु सहित,वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको सहभागित रहेको थियो ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार