अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० असार १६, शनिबार २२:२३

 

हत्या पछि श्रीमानसहित घरका सबै सदस्य फरार”

दिपेश कुमार शाह—-
रौतहट,असाढ १६
राैतहट जिल्लाको माैलापुर नगरपालिका वडा नम्बर- ४ स्थित पताैरामा आमा छोरी मृत अवस्थामा फेला परेका छन । २४ वर्षिया कविता देवी र निजकी २ वर्षिया छोरी आरुही कुमारी आफ्नै घरको पंखामा झुन्डिएर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
दाईजो नदिएको निहुँमा छोरीको ससुराली पक्षका पुरै परिवारको मिलेमतोमा छोरी र नातिनीको हत्या गरि पंखामा झुण्ड्याएको माईती पक्षको आरोप छ। उक्त घटना हत्या वा आत्महत्या हो यकिन गर्न गाह्रो भएको र थप अनुसन्धान भरहेको प्रहरी उपरीक्षक बुढामगरले बताएका छन्। मृतक कविताका श्रीमान धिरेन्द्र साह र ससुरा नागेन्द्र साह घटना पश्चात् पुरै परिवारसहित फरार रहेका छन्।
जिल्लाकै माधवनारायण नगरपालिका वडा न-५ मिठुअवा माइतीघर भएकी कविताका बुवा विजय शंकर साहका अनुसार घटनाबारे आफूलाई स्थानीयले फोनमार्फत जानकारी गराएको र जानकारी पाउने बित्तिकै प्रहरीले खबर गरेको बताए। छोरी र ज्वाइबीच पटक-पटक विवाद हुँदै आइरहेकाले दुवैजनालाई मिलेर बस्न भनि सम्झाई बुझाई समेत गरेको साहले बताए। मृतकका पिता साहका अनुसार ज्वाँइले हरसमय नगद, पलङ्ग, सुनको औठी र सिक्री माग्दै आएका थिए। पटक पटक सोही निहुँमा छोरी माथि कुटपिट हुने गरेको उनले बताए।
छोरीले आत्महत्या नगरेको बल्की दाइजोको निहुँमा ज्वाई र सम्धीसहित घरका अन्य सदस्यहरु मिलेर हत्या गरेको साहको आरोप छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार