सर्लाही,असाढ १६
सर्लाहीको कबिलासी नगरपालिका वडा न-८ अगर्वामा पशु बीमा सम्बन्धी एक दिने गोष्ठी सम्पन्न भएको छ ।कबिलासी न.पा पशु सेवा शाखाको आयोजनामा नगरपालिका भित्र रहेका कृषि सहकारी संस्था,पशु पालन फर्म, पशुपालक किसान तथा सरोकारवालको उपस्थितीमा गोष्ठी सम्पन्न भएको हो ।
उक्त गोष्ठीमा पालिका क्षेत्रका झण्डै ३ दर्जनभन्दा बढी किसानहरुको उपस्थिती रहेको कार्यक्रमका संचालक एवं पशु शाखा प्रमुख सुरेन्द्र महतोले जानकारी दिए।नगर प्रमुख ब्रह्मदेव रायको अध्यक्षतामा आयोजना भएको गोष्ठीमा उपस्थित किसानहरुलाई सहजकर्ताद्वय भेटेरिनरी अस्पताल तथा पशु सेवा विकास केन्द्र मलंगवाका बरिस्ठ पशु विकास अधिकृत शंकर साह र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड लालबन्दीका शाखा प्रमुख रमेश तिमिल्सिनाले पोषण तथा पशु पालन सम्बन्धि उन्नत प्रविधि,पशु बिमा गराउनुपर्ने अवस्था,बिमा कम्पनीले लिने रिक्सको अवस्था ,पशुबीमाको सुरुवात, यसका सबल तथा दुर्बल पक्ष, बीमा गर्ने प्रक्रिया र फाईदा बेफाईदाका विषयमा जानकारी दिईएको थियो।
यस किसिमको गोष्ठीबाट किसानहरुलाई पशु बीमामा सहयोग पुग्ने आशा लिएको नगर उपप्रमुख पुनम कर्णले बताए ।
रामजानकी सामुदायिक भवन अगर्वामा सम्पन्न भएको गोष्ठीमा नगर उपप्रमुख कर्ण,प्रमुख प्रशासकीय अधिकृत राम नारायण साह,कार्यपालिका सदस्य विनय कुमार कर्ण,कबिलासी न.पा-३ का वडाध्यक्ष राम विश्वस राय,विभिन्न वडाका वडा सदस्य ,पशु फर्मका संचालक,पशुपालक किसान लगायतको उपस्थिति रहेको थियो।
२०८० असार १६, शनिबार २१:३१
ताजा समाचार
ट्रेडिङ समाचार
© 2026: Sourya Khabar All Rights Reserved | Pravicy Policy
Powered By: Pro-Tech






