अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० असार १५, शुक्रबार २२:३६

 

 

सर्लाही,असाढ १५
आज असार १५ अर्थात २० औँ राष्ट्रिय धान दिवस । सर्लाहीको सदरमुकाम मलंगवा सहित जिल्ला भरीका पालिकाहरुले विभिन्न किसिमले धान दिवस मनाइएका छन् । सोही अनुसार मलंगवा नगरपालिकाले ओरेक नेपालको सहकार्यमा वडा न-२ स्थित पाखर कृषक पाठशालाले संचालन गरेको कृषि फार्ममा सामुहिक रुपमा रोपाइँ गरेर धान दिवस तथा रोपाई महोत्सव मनाएका छन् ।
“जलवायु अनुकुलिता कृषि मैत्री प्रविधि ,धान उत्पादनमा वृद्धि” भन्ने नाराका साथ मनाइएको यस दिवसको उद्घाटन गर्दै नगरप्रमुख नागेन्द्र प्रसाद यादवले धान उत्पानमा नगरपालिकालाई आत्मनिर्भर बनाउने गरी कृषि क्षेत्रमा आधुनिक प्रणालीको विकास गर्न आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा यसलाई समावेश गरि बजेट समेत विनियोजन गरिसकेको बताए ।
धान रोपाईमा नगर उपप्रमुख शकुन्तला देवी साह, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम,ओरेक नेपालकी प्रमुख देवकुमारी महरा सहित अन्य पदाधिकारीहरु,विभिन्न वडाका वडाध्यक्षहरू,कृषि शाखा सहित अन्य शाखाका प्रमुख तथा कर्मचारीहरु,पत्रकारहरु लगायत सयौंको संख्यामा स्थानीय महिला तथा पुरुष किसानहरु सहभागि भएका थिए ।
वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरि २०६२ साल असार १५ गतेदेखि नेपालमा राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।जिल्लाका अन्य पालिकाहरुमा यो दिवस मनाउँदै आएपनि जिल्लाकै सबैभन्दा पुरानो र पहिलो नगरपालिका भएपनि एकपटक पनि मलंगवा नगरपालिकामा यो दिवस मनाइएको थिएन।यसवर्ष सुरुवात मात्र भएकोले आउँदो वर्षमा यसलाई अझ व्यवस्थित र वृहद रुपमा मनाउने प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए ।
असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रुपमा पनि लिने गरिएकोले रोपाइँ महोत्सवमा सहभागी भएका अतिथि तथा किसानहरु सामुहिक रुपमा दही,च्युरा र आँपको भोज खाएर एकअर्कामा खुसी साटासाट गर्दै शुभकामना आदानप्रदान गरेका थिए।।कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि आजको दिन दही च्यूरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । मानिसहरु जंगली युगबाट खेतीपातीको युगमा प्रवेश गरेपछि नयाँ कार्य गर्दा घाम, पानी, प्रकृति लगायतका शक्तिलाई कुनै न कुनै स्वरुपमा स्वीकार गरेकाले यो चलन पछिल्लो समय संस्कृतिको रुपमा विकास हुँदै गएको संस्कृतिविदहरुको भनाई छ।
सर्लाही जिल्लामा हरेक वर्ष धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै आइएको भए पनि अधिकाशं किसानहरु पर्याप्त सिँचाई सुविधा र कृषिमलको अभावमा राम्रो उत्पादन लिन नपाएकोमा निराश हुने गरेका छन्।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार