अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० असार १४, बिहीबार २२:१०

सर्लाही,असाढ १४
मधेस विश्वविद्यालयको रणनीतिक योजना तर्जुमा सम्बन्धि वृहत् अन्तरक्रिया कार्यक्रम सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ।बिहीबार मधेस विश्वविद्यालयका उपकुलपति एवं अध्यक्ष प्रा.डा.दिपक बहादुर शाक्यको अध्यक्षतामा बिहीबार सम्पन्न भएको उक्त कार्यक्रमको  मधेस प्रदेश सांसद जंगिलाल राय,प्रदेश सांसद कौशल किशोर राय,जिल्ला समन्वय समिति सभापति कौशल किशोर सिंह तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले संयुक्तरूपमा गमलामा रोपेको फुलको बिरुवामा पानी हालेर गरेका थिए।
मलंगवा नगरपालिका वडा न-३ स्थित महेन्द्र होटलमा आयोजना भएको कार्यक्रममा बोल्दै उपकुलपति शाक्यले विश्वविद्यालयलाई उच्च लक्ष्यका साथ अघि बढ्न, गुणस्तरीय प्रतिस्पर्धी र जीवनोपयोगी शिक्षा प्रदान गर्न रणनीतिक योजना तर्जुमा गरी व्यवस्थित रुपमा कार्यान्वयन गर्नुपर्ने   बताए ।उनले शैक्षिक तथा प्राज्ञिक,विद्यार्थीहरुको शिप विकास र प्रबर्द्धन ,अवसर र चुनौतीहरु,भूमि तथा भौतिक संरचना ,आर्थिक व्यवस्थापन ,सहकार्य तथा समन्वय ,नीति तथा प्रावधान ,सूचना प्रवाह र जवाफदेहीता लगायतका विषयमा समेत चर्चा गरेका थिए।
कार्यक्रममा उपस्थित ,डा.विरभंस बैठा,नागरिक समाजका महासचिव शिवचन्द्र चौधरी ,सर्लाही क्याम्पसका पुर्व क्याम्पस प्रमुख कृष्णदेव यादव लगायतका अतिथिहरुले शिक्षा क्षेत्रको विकास,चुनौती र समाधानका विषयमा आफ्नो विचार प्रकट गर्दे सुझाव दिएका थिए।
शिक्षक सुवास कर्णले संचालन गरेको कार्यक्रममा मधेस विश्वविद्यालयका पदाधिकारीहरूका साथै , शिक्षक, प्राध्यापक, पत्रकार तथा समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार