अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० असार १३, बुधबार १३:५८

कौडेनामा बन्दै गरेको १५ शैयाको अस्पतालको निर्माणकार्य अन्तिम चरणमा,१९ गते उद्घाटन
सर्लाही,असाढ १३
सर्लाहीको सदरमुकाम मलंगवा -गोडैता हुलाकी सडक अन्तर्गत पर्ने कौडेना गाउँपालिकाको वडा न-२ स्थित फुलपरासीमा बन्दै गरेको १५ शैयाको अस्पताल भवनको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ। ९५ प्रतिशत काम सम्पन्न भइसकेको उक्त अस्पतालको यही असाढ १९ गते उद्घाटन गरिने प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवले जानकारी दिए।रंगरोगन र सरसफाइको मात्र काम बाँकी रहेको उनले जानकारी गराए।
कुल १ करोड ७९ लाख रुपैयाँको लागतमा उपभोक्ता समिति मार्फत निर्माण भएको उक्त अस्पताल भवनको गत २०७९ साल श्रावन २३ गते नेपाली कांग्रेसकी सहमहा मंत्री डिना उपाध्याय र गा.पा अध्यक्ष यादवले संयुक्तरूपमा शिलान्यास गरेका थिए।
हाल यस पालिकामा एउटा बर्थिङ्ग सेन्टर र वडाहरुमा एकएकवटा स्वास्थ्य चौकी मात्र रहेका छन् । यस क्षेत्रका नागरिकहरुलाई सामान्य बाहेक अन्य स्वास्थ्य सेवा लिन सदरमुकाम मलंगवा,बरहथवा, लालबन्दी,हरिवन लगायत जिल्ला बाहिरका ठुला शहर तथा भारतका विभिन्न शहरहरुमा जानुपर्ने बाध्यता रहँदै आएको छ। अस्पताल संचालनमा आएपछि कौडेनाका मात्र नभइ यस क्षेत्रका अन्य पालिकाका जनताहरु पनि लाभान्वित हुने विश्वास लिएको गा.पा अध्यक्ष यादवले बताए ।
विशेषज्ञ सहितको सेवा प्रवाह गर्न यस पालिकाले एम.बि.बि एस डाक्टरको नियुक्ति गर्न आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा समेत समावेश गरिसकेको छ।
उक्त अस्पतालको उद्घघाटन स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत र खानेपानी मन्त्री महेन्द्र राय यादवले संयुक्तरूपमा गर्ने गाउँपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार