अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० असार १२, मंगलवार ०९:०२

सर्लाही,असाढ १२
सर्लाही जिल्लाकाे कबिलासी नगरपालिकाले आफ्नो नवौं नगर सभाबाट आर्थिक वर्ष २०८०/०८१ को लागि ७८ करोड ६४ लाख ३२ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।उक्त पालिकाको आइतवार सम्पन्न नगर सभाको उद्घाटन कार्यक्रममा नगर प्रमुख ब्रम्हदेव रायको आज्ञाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर उपप्रमुख पुनम कर्णले सो बराबरको बजेट विनियोजन भएको जानकारी गराएकी छिन् ।
नगर सभामा बोल्दै उपप्रमुख कर्णले आ.व ०८०/०८१ को लागि तयार पारेको कार्यक्रम तथा योजनाहरको बारेमा जानकारी गराएकी थिइन्।
कबिलासीको अगर्वामा आयोजना भएको नगरसभाको उद्घाटन प्रमुख अतिथि मधेस प्रदेश सांसद जंगिलाल रायले गरेका थिए।
नगरप्रमुख रायको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा विशिष्ठ अतिथि प्रदेश सांसद कौशल किशोर राय,प्रदेश सांसद शकुन्ती देवी महरा,पुर्व नगरप्रमुख कौशल यादव,पुर्व उपप्रमुख राधा देवी,१० वटै वडाका वडाअध्यक्ष, कार्यपालिकाका सदस्य, वडा सदस्य , कर्मचारी र विभिन्न पार्टीका पार्टी प्रतिनिधि लगायत स्थानीयबासीहरुकाे उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमकाे सञ्चालन पशु शाखा प्रमुख सुरेन्द्र महतोले गरेका थिए।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार