अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० असार १०, आईतवार २२:४७

सर्लाही ,असाढ १०
आर्थिक वर्ष २०८०/०८१ को आय,व्यय ,नीति तथा बजेट प्रस्तुत गर्दै गोडैता नगरपालिकाको सातौं नगर सभाको उद्घाटन सत्र सम्पन्न भएको छ।
आइतवार सम्पन्न भएको नगर सभाको उद्घाटन शत्रमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख देवेन्द्र यादवले आगामी आ.व को लागि कुल ५९करोड १६ लाख ४३ हजार कुल बजेट विनियोजन गरेको जानकारी गराएका छन् ।जसमध्ये
पुँजीगत तर्फ १८ करोड ३९ लाख ३४ हजार र चालु तर्फ ४० करोड ७७ लाख ९ हजार रुपैया रहेको छ। उहाँले नगरको समृद्धि र विकासका लागि कृषि, स्वास्थ, शिक्षा,सडक ,व्यापार तथा स्वरोजगारलाई पहिलो प्राथमिकतामा राखेर वजेट विनियोजन गरिएको बताउनुभयो ।
मेयर यादवको अध्यक्षमा सम्पन्न भएको नगरसभालाई स्वास्थ शाखा प्रमुख प्रमोद पंडितले संचालन गरेका थिए । नगरसभा कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंह,विशिष्ठ अतिथि नगर उपप्रमुख अंजना कुशवाहा, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,सर्लाही प्रहरी प्रमुख एसपी नरेश राज सुवेदी ,सशस्त्र प्रहरी प्रमुख तुल बहादुर भण्डारी,प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव, वडा न १ देखि वडा न १२ सम्मका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न वडाका सदस्यहरू, विभिन्न शाखाका शाखा प्रमुखहरु, सुरक्षा निकाय, राजनितिक दल, संघ संस्थाका प्रतिनिधिहरु लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

 

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार