अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० असार ६, बुधबार २१:३४

सर्लाही,असाढ ६
सर्लाहीको कौडेना गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि नीति ,कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै आफ्नो १० औं गाउँसभाको उद्घाटन गरेको छ।
बुधबार गाउँपालिकाको सभाहलमा प्रदेश सभा सदस्य कौशल किशोर रायको प्रमुख आतिथ्यता आयोजना भएको कार्यक्रममा गा.पा अध्यक्ष रुपेश कुमार यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आ.व २०८०/०८१ को लागि अनुमानित बजेट ३४ करोड ७३ लाख ७७ हजार ६ सय रुपैयाँ रहेको जानकारी गराएको छ।
“समृद्ध कौडेनाको आधार शिक्षा,स्वास्थ्य ,कृषि ,जनशक्ति र पुर्वाधार”भन्ने मुल नाराका साथ आयोजना भएको सभालाई सम्बोधन गर्दै गा.पा अध्यक्ष यादवले आन्तरिक सुशासन र सबल प्रशासनको विकासबाट अख्तियार गरेको नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन हुने भएकाले यो निति तथा कार्यक्रम यसैतर्फ निर्देशित रहेको बताए ।जनतासँग प्रत्येक्ष सम्बन्ध र सम्पर्क रहने वडा कार्यालयहरुको क्षमता विकास ,श्रोत साधनमा वृद्धि र प्रणालीको विकास गर्ने नीति अवलम्वन गर्न प्रस्ताव गरेको उनले बताए ।उनले यस आ.व को लागि शिक्षा,स्वास्थ्य ,रोजगारी ,उद्यमशिलता,सामाजिक विकास ,युवा तथा खेलकुद,भौतिक पूर्वाधार विकास,सार्वजनिक यातायात ,खानेपानी तथा सरसफाइ ,विपद व्यवस्थापन ,न्याय नुरुपण,मानवअधिकार प्रबर्द्धन जस्ता विषयगत क्षेत्रहरुका लागि विशेष नीति तथा कार्यक्रम प्रस्ताव गरेको जानकारी गराए।साथै उनले आगामी आ.व को लागि प्रस्तावित नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न आम गाउँवासी तथा सबै पेशा,व्यवसायमा आवद्धहरुको साथ सहयोग ,समन्वय र सहकार्य रहनेमा आफु विश्वस्त रहेको बताए ।
कार्यक्रममा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादव,सबै वडाका वडाअध्यक्ष,कार्यपालिका सदस्य,स्थानियबासी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको संचालन लेखापाल हरिनारायण साहले गरेका थिए।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार