अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० असार ५, मंगलवार २१:५४

 

मलंगवा न.पा को वडा न-३ मा संचालित महिलाहरुलाई सिपमुलक तालिमसँगै प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न

सर्लाही,असाढ ५
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नम्बर ३ का महिलाहरुले सिलाई कटाई ,ब्युटी पर्लर र लेडिज ब्याग पर्स सम्वन्धी सिप सगै अनुदानमा प्रविधि समेत पाएका छन् ।
नगरपालिकाले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम(MED-PA) अन्तर्गत वडा न- ३ का ५९ जना महिलाहरुलाई मंगलबार बिहान तीनवटै तालिमको एकैसाथ समापन कार्यक्रमको आयोजना गरि तालिमका प्रशिक्षार्थीहरु मध्येबाट सिलाई कटाई सम्बन्धि तालिम लिएका २३ जना महिलाहरुलाई सिलाई मेसिन प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिएको छ।
“आर्थिक समृद्धिको आधार लघु उद्यम मार्फत रोजगार”भन्ने नाराका साथ संचालन भएको उक्त कार्यक्रम मार्फत प्रशिक्षकको रुपमा सिलाई कटाई तर्फ अर्चना विश्वकर्माले ३ महिना ,ब्युटी पार्लरतर्फ आशा श्रेष्ठले ७५ दिन र लेडिज ब्याग पर्सतर्फ ममता कर्णले २५ दिन प्रशिक्षण दिएका थिए।
सिप सिकेर व्यवसाय गर्न चाहने तथा आयआर्जनमा जोडिन चाहने महिलाहरुलाई सिपमूलक तालिम प्रदान गरिएको नगरप्रमुख नागेन्द्र प्रसाद यादवले बताए ।नगरपालिकाको वडा नं. ३ सहित वडा न-८, ६, र १२ मा पनि गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन भएको नगरप्रमुख यादवले जनाएको छ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार