अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० असार ५, मंगलवार ०८:२५

मलंगवा स्थित झण्डा बजारमा सर्लाही जिल्लामै पहिलोपटक  अर्गानिक तरकारीको बिक्रीवितरणका लागि छुट्टै स्टल संचालनमा आयो

सर्लाही,असाढ ५
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाको वडा न-२ स्थित रहेको पब्लिक मावि अगाडीको झण्डा बजार परिसरमा शुद्ध अर्गानिक सागसब्जी बिक्रि बितरण गर्ने उद्धेश्यले छुट्टै स्टल संचालनमा आएको छ।
उपभोक्ताहरुको स्वास्थ्य प्रति ख्याल राख्दै मलंगवा र आसपासका स्थानीय किसानहरुले उत्पादन गरेका विषादीरहित अर्गानिक सागजब्जीहरुको बिक्री गर्नका लागि झण्डा बजारमा आइतवारबाट छुट्टै स्टलहरु संचालनमा आएको छ।यसअघि स्थानीय किसानहरुले उत्पादन गरेको विषादी रहित तरकारी र ब्यापारीहरुले बाहिरबाट ल्याएका विषादीयुक्त तरकारी एकैसाथ बिक्री हुँदै आएको थियो।अर्गानिक तरकारीको तुलनामा विषादी हालेको तरकारी अली सफा जस्तो देखिने गरेकोले अधिकांश उपभोक्ताहरु विषादीयुक्त तरकारीतर्फ बढी आकर्षित हुँदै आएका थिए।उपभोक्ताहरु जानीजानी तरकारीको रुपमा मन्द विष खरिद गरेर घरलाने गरेका थिए। अर्गानिक तरकारीको बिक्रीका लागि छुट्टै स्टलहरु संचालनमा आएपछि विषादीयुक्त र विषादीरहित सागसब्वी छुट्याउन उपभोक्ताहरुलाई अब सहज भएको वडा न-२ का वडाअध्यक्ष धिरेन्द्र साहले बताए ।
गत शनिवार ओरेक नेपालले मलंगवा नगरपालिकामा आयोजना गरेको कृषि उत्पादनको अवस्था र बजारिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागी भएका महिला कृषक समुहले बाहिरबाट आयात भएका तरकारीका कारण स्थानीय स्तरमा उत्पादन भएका अर्गानिक तरकारीको बिक्रीमा बाधा उत्पन्न भइ घाटा बेहोर्नु परेकोले यसको उचित बजारीकरणका लागि व्यवस्था गरिदिन भनि नगरप्रमुख नागेन्द्र प्रसाद यादवसँगआग्रह गरेका थिए।किसानहरुको आग्रह र सरोकारवालाहरुको सुझावमा नगर प्रमुख यादवले तत्कालै निर्णय लिंदै ओरेक नेपालसँग सहकार्य गरेर आइतवारदेखि झण्डा बजारमा छुट्टै स्टल संचालनमा ल्याएका छन् ।यस्ता स्टलहरु मलंगवा नगरपालिका क्षेत्रमा लाग्ने सबै साप्ताहिक हाटबजारमा संचालनमा ल्याउने नगरप्रमुख यादवले बताए ।
स्थानीय स्तरमा उत्पादन भएका सागसब्वीको बिक्रीवितरणका लागि छुट्टै स्टलहरु संचालनमा आएपछि अर्गानिक खेतितर्फ किसानहरुको थप आकर्षण बढ्ने विश्वास लिइएको ओरेक नेपालकी जिल्ला संयोजक देव कुमारी महराले बताइन।
झण्डा बजार हप्ताको ३ दिन आइतवार,मंगलबार र बिहिवार लाग्दै आएको छ।

 

 

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार