अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० असार ३, आईतवार २०:३५

सर्लाही,असाढ ३
सर्लाहीको चक्रघट्टा गाउँपालिकाको १२ औं गाउँसभाको उद्घाटन सम्पन्न भएको छ ।आर्थिक वर्ष २०८०/०८१ को अनुमानित आय व्यय , निति तथा कार्यक्रमहरु सार्वजनिक गर्दै गाउँसभाको उद्घाटन सम्पन्न भएको छ।
सभाको आइतवार मधेस प्रदेश सरकारका अर्थमन्त्री संजय कुमार यादवले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । आ.व२०८०/८१ को अनुमानित आय व्यय , निति तथा कार्यक्रमहरु प्रस्तुत गर्दै गापा अध्यक्ष कृष्णा कुमार यादवले सबै जनप्रतिनिधि एवम् कर्मचारीहरूलाई विकास निर्माणका कामलाई जनचाहना अनुरुप इमानदारीतापुर्वक सम्पन्न गर्नका लागि आग्रह गरेका थिए।उनले यस आ.व मा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पुर्वाधार विकास निर्माणमा शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकतामा राखेको जानकारी गराए।
आ.व २०८०/०८१ को लागि गाउँपालिकाको कुल बजेट ३५ करोड ६४ लाख ३६ हजार रुपैयाँ अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत संजिव कुमार यादवले जानकारी गराएका छन् ।
विशिष्ट अतिथि गापा उपाध्यक्ष मिना देवी राय,प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सहित पालिकाका ९ वटै वडाका वडा अध्यक्ष, कार्य पालिकाका सदस्यहरु कर्मचारीहरु,विभिन्न राजनीतिक दलका प्रतिनिधि ,पत्रकार लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार