अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० असार ३, आईतवार १०:३५

ओरेक द्वारा मलंगवामा कृषि अवस्था र बजारिकरण सम्बन्धि एकदिने कार्यशाला गोष्ठी
सर्लाही,असाढ ४
सर्लाहीको सदरमुकाम मलंगवामा कृषि उत्पादनको अवस्था र बजारिकरणको लागि सरोकारवालाहरु सँग एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
ओरेक नेपालको आयोजना तथा मलंगवा नगरपालिकाको सहकार्यमा शनिवार मलंगवा न.पा को सभाहलमा नगर प्रमुख नागेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो महिला कृषकहरुले उत्पादन गरेको कृषि उत्पादनको अवस्थाको पहिचान तथा बजारिकरणको लागि उपयुक्त विकल्पको छनोट गरि आवश्यक सिफारिसको आधारमा सरोकारवालाहरु सँग अन्तरक्रियात्मक कार्यशाला संचालन गरि कृषि उत्पादन र बजारिकरणको लागि तत्काल आवश्यक कार्य योजना तयार गर्ने भन्ने उदेश्यका साथ आयोजना गरिएको कार्यक्रमको अध्यक्षता ओरेक नेपालकी जिल्ला संयोजक देव कुमारी महराले गरेका थिए।
कार्यक्रममा उपस्थिती सहभागीहरुलाई संस्थाका कृषि प्राविधिक अधिकृत हरिशरण धिताले कृषि उत्पादन तथा बजारिकरणको लागि देखिएका समस्या र समाधानका उपायहरुको विषयमा सहजिकरण गरेका थिए।
कार्यक्रममा सहभागी महिला कृषक समूहका सदस्यहरुले जिल्ला बाहिर तथा देश बाहिरबाट आयात भइरहेको विषादीयूक्त कृषि उत्पादनका कारण स्थानीय स्तरमा उत्पादन भएका विषादी रहित कृषि उत्पादनको बजारिकरणमा समस्या आएर घाटा बेहोर्नु परिरहेकोले तत्कालै यसको समाधान गरि स्थानीय किसानहरुलाई प्रोत्साहन गरिदिन भन्दै नगरप्रमुख सँग आग्रह गरेका थिए।
प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम ,कृषि शाखा प्रमुख विश्वनाथ प्रसाद साह,वडा न-४ का वडाअध्यक्ष प्रमोद यादव,कृषि ज्ञान केन्द्र मलंगवाका सिताराम यादव,उद्योग वाणिज्य संघ मलंगवाका महासचिव सुजय यादव,मलंगवा न.पा झण्ड बजार व्यवस्थापन समितिका संयोजक भोला साह सोनार,अधिकारकर्मी मुकेश मिश्र,वडा न-१,२ र ३ महिला कृषि समुहका सदस्यहरु लगायत आयोजक संस्थाका पदाधिकारी तथा पत्रकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन ओरेक नेपालकी कृषि प्राविधिक सरिता मगरले गरेका थिए।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार