अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० जेष्ठ ३२, बिहीबार २१:१७

सर्लाही,जेष्ठ ३२
अत्याधिक गर्मी र तातो हावाका कारण तराईमा यतिबेला “लु” चलिरहेको छ।”लु” का कारण मानिसहरु धमाधम बिरामी पर्न थालेका छन् ।यस्तो मौसमा सबैभन्दा बढी समस्या विद्यालय जाने
विद्यार्थीहरुलाई परेको छ।सोही समस्यालाई मध्येनजर गर्दै कतार च्यारिटीले सर्लाहीका दुइवटा सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई अत्यावश्यक सामाग्री वितरण गरेको छ ।
चेतना नेपाल मलंगवाको आयोजनामा बिहीबार जिल्लाको सदरमुकाम मलंगवा नगरपालिकामा रहेको कृष्णादेवी जनता माद्यामिक विद्यालय र ब्रम्हपुरी गाउँपालिकामा रहेको श्री जलधर कमलदेव नमुना माद्यामिक विद्यालयमा बालविकास तहदेखि कक्षा १० सम्मका १३ सय जना विद्यार्थीहरुलाई गर्मीबाट राहत पाउन एक-एक थान फोल्डिंग छाता,पानीको बोतल,ग्लुकोज,जिवनजल लगायतका सामाग्रीहरु वितरण गरेको छ।यसैगरी प्रत्येक विद्यालयलाई १२-१२ थान पंखा र १-१ थान शुद्ध पानीको लागि वाटर कुलिङ्ग वितरण गरेको चेतना नेपालका मुकेश जयसवालले जनाएको छ।

 

कतार च्यारेटीका परियोजना संयोजक केफास महर्जनका अनुसार अत्याधिक गर्मीका कारण विद्यालय जान नपाएर विद्यार्थीहरुको पढाइमा कुनै किसिमको अवरोध नआवोस् र गर्मीबाट केही थोरै भएपनि राहत मिलोस् भन्ने उदेश्यका साथ तराईमा पुर्वानुमानित “लु”को पुर्वकार्य परियोजना २०२३ अन्तर्गत सो सामाग्रीहरु वितरण गरिएको जानकारी गराएका छन् ।

 

वितरण कार्यक्रममा उपस्थित मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्र प्रसाद यादवले आयोजक र दातृ संस्थालाई धन्यवाद व्यक्त गर्दै भविष्यमा थप सहयोगको अपेक्षा समेत गरे।
दुईवटै विद्यालयमा छुट्टाछुट्टै सम्पन्न भएको कार्यक्रममा सम्बन्धि पालिकाका प्रमुख,प्राधानाध्यापक,वडाअध्यक्ष,
शिक्षक, विद्यार्थी लगायत दातृ तथा आयोजक संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार