अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० जेष्ठ ३१, बुधबार २२:५७

सर्लाही ,जेष्ठ ३१
सर्लाही प्लस मलंगवाको आयोजना तथा पहिचान नेपालको सहयोगमा सर्लाहीको सदरमुकाम मलंगवामा जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न भएको छ।
जिल्लाका २० वटै पालिकामा रहेका एच.आइ.भि/एड्स संक्रमितहरुको सेवा सुविधा ,मानवअधिकारको संरक्षण तथा भेदभाव न्युनिकरणका लागि  सरोकारवालाहरु सँग अन्तरक्रिया गर्ने उदेश्यका साथ  बैठक सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ ।
बैठकमा सर्लाही प्लसकाका कार्यक्रम संयोजक राकेश मिश्रले सन्  २०२२ मा संचालन भएका कार्यक्रम तथा प्रगतिको बारेमा जानकारी गराउँदै सन् २०२३ को जनवरी देखि डिसेम्बरसम्म संचालन हुने कार्यक्रम र बजेट सम्बन्धि जानकारी गराएका थिए।
मलंगवा नगरपालिका वडा न-१० स्थित स्वास्थ्य कार्यालयमा सम्पन्न  भएको उक्त बैठकमा स्वास्थ्य बिमा कार्यान्वयन तथा मलंगवा नगरपालिकाको  आर्थिक वर्ष २०८०/०८१ को बजेटमा एच.आइ.भि/एड्स संक्रमितहरुको लागि पनि कार्यक्रम राख्ने लगायतको विषयमा सरोकारवालाहरु सँग अन्तरक्रिया गरिएको थियो।
जिल्ला स्वास्थ्य कार्यालय सर्लाही एवं प्रादेशिक अस्पताल मलंगवाका प्रमुख नवल किशोर झा को अध्यक्षता तथा मलंगवा न.पा की उपमेयर शकुन्तला देवी साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकमा मलंगवा न.पा का स्वास्थ्य संयोजक रामानन्द राय,स्वास्थ्य बीमा सर्लाहीका रंजित कुमार राय,मुकेश अधिकारी,मिलिजुली समूहकी कार्यक्रम संयोजक अस्मिता भण्डारी,पहिचान नेपालका का.स अब्दुल सहमद”नगमा ,बेगम नास्मिन मिकरानी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार