मलंगवामा एक शिक्षक आफ्नै कोठामा मृत भेटिए
सर्लाही,जेष्ठ ३१
मलंगवामा एकजना शिक्षक आफ्नै कोठामा मृत अवस्थामा भेटिएको छ।
मलंगवा स्थित रहेको ज्ञानकुंज माद्यामिक विद्यालयमा कार्यरत शिक्षक बरहथवा नगरपालिका श्रीपुर बस्ने रामईश्वर रायकाे २६ वर्षिय छाेरा रामाशंकर यादव आज(बुधबार) बिहान आफ्नै कोठामा मृत्यु भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।मृतक यादव ज्ञानकुंज माविमा विगत २ वर्षदेखि अध्यापन गराउँदै आएका थिए।
यादवको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।मृत्युको कारण वारे अनुसंधान भइरहेको प्रहरीले जनाएको छ।





