अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० जेष्ठ २९, सोमबार १५:३६

 

प्रतीक फोटो

सर्लाही,जेष्ठ २९
सर्लाहीको बसबरिया गाउँपालिकाकी एक १६ वर्षीया अविवाहित किशोरीको गर्भपतनको औषधि खाएर बिरामी परेको अवस्थामा उपचारको क्रममा मृत्यु भएको छ। केही दिनअघि गर्भपतन गराएकी किशोरीको उपचारका क्रममा हिजो(आइतबार) मृत्यु भएको हो।
बसबरिया गापा वडा न-२, मानपुर बस्ने महेन्द्र सहनीकी अविवाहित छोरी १६ वर्षीया किरण कुमारीको उपचारका क्रममा आइतवार दिउँसो प्रोदेशिक अस्पताल जनकपुरमा मृत्यु भएको छ । मृतक किरणले केही दिनअघि गाउँकै एक क्लिनिकमा पुगेर गर्भपतन गराउने औषधि खाएकी थिईन् ।करिव छ महिनाको गर्भ रहेको बेला गर्भपतनको औषधि खाएपछि अत्यधिक रक्तश्राव भइ उपचारका लागि जेठ २१ गते राति २ बजेतिर उनलाई प्रादेशिक अस्पताल मलङ्गवामा ल्याइएको तर अस्पतालमा ल्याएर पनि रक्तश्राव नरोकी अवस्था झनझन जटिल बन्दै गएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो। जनकपुरमा उपचारका क्रममा जेठ २३ गते शल्यक्रिया गरी किरणको गर्भबाट मृत अवस्थाको शिशु (छोरा) निकालेर अस्पतालको आइसियू कक्षमा राखेको र त्यही उनको मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।
उक्त किशोरीले जन्माएको मृत शिशुको पिताको बारेमा केही खुल्न सकेको छैन किशोरीको विवाहको तयारी भइरहेका बेला अनैतिक सम्वन्धको गर्भ रहेको थाहा पाएपछि गर्तपतन गराउने क्रममा दुःखद घटना हुन पुगेको श्रोतले जानकारी गराएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार