
सर्लाही,जेष्ठ २८
सर्लाहीको कौडेना गाउँपालिका वडा न-२ फुलपरासीमा सम्पन्न एकदिने नि:शुल्क स्वास्थ्य शिविर मार्फत २५० जनाबढी व्यक्तिहरुले डेन्टल तथा जेनरल फिजिसियन सेवा लिएका छन्।
मिथिला हेल्थ केयर मलंगवाको प्राविधिक सहयोगमा कौडेना गा.पा वडा न-२ को वडा कार्यालय फुलपरासीले आयोजना गरेको उक्त शिविरमा दन्तरोग विशेषज्ञ डा.अमृता यादव नेतृत्वको टोलीले १०७ जना बिरामीको दाँत सम्बन्धि समस्याको जाँच गरि ३३ जनाको दाँत फुकालेका थिए।त्सैसैगरी जेनरल फिजिसियन डा. राहुल यादव नेतृत्वको टोलीले १५० जना व्यक्तिको ब्लड प्रेसर, चिनी रोग पहिचान लगायतको सेवा प्रदान गरेको वडाअध्यक्ष रामदरेश ठाकुरले जानकारी दिए।
शनिवार फुलपरासी स्थित स्वास्थ्य चौकीमा आयोजना भएको शिविरमा जाँच गराएका बिरामीहरुलाई निःशुल्क रुपमा औषधि समेत वितरण गरिएको थियो।





