अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० जेष्ठ २७, शनिबार १६:५३

सर्लाही,जेष्ठ २७
सर्लाही प्रहरीले आधा जलेको अवस्थामा चिताबाट महिलाको शव निकालेर अनुसंधान सुरु गरेको छ।सर्लाहीको हरिपुर नगरपालिका वडा न-६ बस्ने इन्द्रकला देवीको शव  आधा जलिसकेको अवस्थामा चिताबाट निकालेर प्रहरीले अनुसंधान सुरु गरेको हो।
आफन्तले घटनाको विषयमा दिएको जानकारी अनुसार गत जेष्ठ २२ गते ५० वर्षिय श्रीमान राजाराम साहको निर्ममतापुर्वक कुटाइबाट गम्भीर घाइते भएकी इन्द्रकला देवीलाई तत्काल नवलपुरस्थित अस्पताल पुर्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि तत्काल वीरगंज लगिएको र पुनः भोलीपल्ट वीरगंजबाट  घर ल्याएर राखेपछि इन्द्रकलाको स्वास्थ्य अवस्था थप जटिल हुनथाले पछि २४ गते उनलाई फेरि जनकपुरस्थित अस्पताल लगिएको थियो। उपचारको क्रममा स्वास्थ्य अवस्था थप जटिल बनेको भन्दै उपचार नगरी शनिबार बिहान जबर्जस्ती घर ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको थियो।
मृत्यु पश्चात् घटनालाई ढाकछोप गर्न  महिलाको शव गुपचुप जलाउँदै गरेको खबर पाएपछि इलाका प्रहरी कार्यालय हरिपुर ईलाकाबाट गएको प्रहरी टोलीले शव नियन्त्रणमा लिएर परीक्षणको लागि प्रदेशिक अस्पताल पठाएको छ। शव जलाउँदै गरेका ६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको बारेमा कसैलाई जानकारी नदिई शव जलाउन खोजेको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मृतककोे श्रीमान भने  घटनालगत्तै फरार रहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार