अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० जेष्ठ २७, शनिबार १२:२७

 

 


सर्लाही,जेष्ठ २७
सर्लाहीको कौडेना गाउँपालिका वडा न-६ सक्रौल निवासी २२ वर्षीय धिरोज राय युवा पुस्ताका लागि एउटा उदाहरण बनेको छ। ७ वर्षको उमेरमा बुबा गुमाएको पिडासँगै आमासँग खाना बनाउनेदेखि खेतीपाती र भविष्य निर्माणको क्रममा पढाईलाई निरन्तरता दिंदाखेरीको तितामिठा असंख्य अनुभवहरु उनले संगालेर राखेका छन्।
रायको दिनचर्या बिहान ६ बजे देखि मलंगवा स्थित सर्लाही क्याम्पसबाट सुरु हुन्छ।सर्लाही क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत धिरोज कलेजबाट फर्किएपछि पनि आफ्नै काममा व्यस्त हुन्छ्न। उनको पौरख पनि गज्जबको छ। उनकै उमेरका युवाहरू मजदुरी गर्न लाज मान्छन्। तर, धिरोज कामलाई सम्मानको रुपमा हेर्ने गरेको बताउँछ । पेट पाल्नका लागि काम गर्नैपर्छ। उनीसँग कडा श्रम गरेर खाली पेट रात बिताएको कैयौँ तिता अनुभवहरु छन्।
सानो उमेरमै कडा काम गर्दा देख्नेले कठै भने पनि धिरोजले आफूलाई कमजोर बन्न दिएनन् । गैँटी हान्ने र बेल्चा फाल्नेसँगै छड सिमेन्टका बोरा बोक्ने काममा उनको शरीर अभ्यस्त बनेको छ। काठमाण्डौंमा ट्रक आउनेबित्तिकै गल्ला सामान अनलोडको काम गर्थे । तर, त्यो काम सधैँ हुँदैन्थ्यो। उनी घर, भवन ढलानसँगै अरू निर्माणका काममा पनि पुग्छन्। त्यसबाहेक उनले डेण्टल क्लिनिक सहायक, लेबर, रियल जुस गोदाम, प्लाई उद्योग , मोटरसाइकल गैरेजमा समेत काम गर्ने गरेको बताए । ‘नगरेका काम केही पनि छैन। बाध्यताका अघि लाज, खुसी र उमेर केही होइन,’ उनि भन्छन्, ‘जीवन बदल्न कर्म आवश्यक छ।’ विपन्नताका कारण उनले धेरैले पढाइ छाडेका छन्। तर, अध्ययनलाई निरन्तरता मैले दिए। केही महिनाअघि उनी कौडेना गाउँपालिकाको नगर प्रहरीमा नियुक्त भएका छन्।
नगर प्रहरीको रुपमा उनी दैनिक समयमै कार्यालय पुग्ने, सिनियरको सम्मानमा सैल्युट ठोक्ने, नगर र गाउँको पहरेदारी गर्ने काममा कुनै कन्जुस्याइँ नगर आफुले पाएको जिम्मेवारी इमानदारीका साथ कानुनको सिमामा रहेर बहन गरिरहेका छन् ।
यसबाहेक उनी सरसफाई अभियान,विभिन्न स्वास्थ्य शिविर संचालन , लागुऔषध नियन्त्रणका लागि जनचेतना मूलक कार्यक्रमहरु संचालन गर्ने कार्यमा मा पनि लागेका छन् ।भर्खरै केही महिना अगाडी उनले हुलाकी सडक निर्माणका लागि सडक आन्दोलन गरेका थिए र सफलपनि भएका थिए। उनी काम पछि बचेको केही समय पत्रकारिताको लागि पनि छुट्याएका छन् ।रायले लेखेका स्थानीय स्तरका समाचारहरु सर्लाहीका केही दैनिक तथा साप्ताहिक पत्रिकाले पनि प्रकाशित गरिदिएर थप हौसला प्रदान गरिरहेका छन् ।
सधैं दु:ख र परिश्रम सँग जुध्दै आएका धिरोज नगर प्रहरीमा छनोट भएपछि परिवारमा खुसी छाएको छ। उनलाई उनको घरपरिवारले मात्र नभइ चिन्ने र उनको विषयमा जान्ने सबैले बधाई र हौसला दिइरहेका छन्।

जीविकोपार्जनकै लागि रगतपसिना बगाउनुपर्ने धिरोज जस्ता हजारौँ युवा छन् हाम्रो समाजमा। तर, धिरोजले कडा परिश्रम र विपन्नताकै बीच पनि आफ्नो पढाइलाई निरन्तरता दिएका छन्। लगन र असल सोचका कारण युवाहरूमा ऊर्जा प्रदान गरेका छन । जीवनका अभावलाई कर्ममा बदल्न उनले बताए ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार