अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० जेष्ठ २६, शुक्रबार १७:०४

 

सर्लाही,जेष्ठ २६
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाको कित्ताकाट आज(शुक्रवार)बाट खुलेको छ ।पालिकाले एक सूचना जारी गर्दै आफ्नो अधिकार क्षेत्र भित्र पर्ने जग्गाको कित्ताकाट शुक्रवार देखि खुलाएको छ।
मलंगवा न.पा ले आफ्नो अधिकार क्षेत्रभित्रको ‘भू-उपयोग ऐन २०७६ र नियमावली २०७९ अनुसार स्थानीय तह भू-उपयोग परिषदबाट नापी कार्यालय सर्लाही र परामर्शदाता कम्पनी सँगको सहकार्यमा भू उपयोग २०७९ र वर्गीकृत नक्सा तयार गरि सोका आधारमा कित्तागत विवरण स्थानीय राजपत्रमा २०८० जेठ ९ गते प्रकाशन गरिसकिएकोले जेष्ठ २६ गतेदेखि कित्ता काट फुकुवा गरेको सूचना अधिकृत राजकुमार अधिकारीले जानकारी दिएको छ।
जग्गा कित्ताकाट रोकिएको कारण लामो समयदेखि सास्ती भोग्नुको साथै विभिन्न कामहरु गर्न-गराउन नपाएका मलंगवा न.पा का वासीहरुले अबदेखि जग्गा सम्बन्धी कामहरु गर्न पाउने भएका छन् ।
जिल्लाका २० वटा स्थानीय तहहरु मध्येबाट मलंगवा न.पा जग्गाको कित्ता काट खोलाउने पहिलो पालिका बन्न सफल भएको भन्दै मालपोत कार्यालय मलंगवाका प्रमुख पनिलाल यादवले नगरप्रमुख नागेन्द्र प्रसाद यादव,प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम लगायत नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुलाई शुभकामना दिएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार