अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० जेष्ठ २५, बिहीबार ०८:१२

सर्लाहीमा १८ लाख रुपैयासहित चार जना पक्राउ
सर्लाही,जेष्ठ २५
जिल्ला प्रहरी कार्यालय मलंगवा र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले श्रोत नखुलेको १८ लाख रुपैयासहित चारजना ब्यक्तिलाई पक्राउ गरेको छ।
अवैध रकमको कारोवार हुँदैछ भन्ने प्राप्त गोप्य सूचनाका आधारमा जिप्रका र इप्रका बाट खटिगएको संयुक्त प्रहरी टोलीले हरिवन नगरपालिका वडा न-११ स्थित पश्चिम तर्फबाट आउँदै गरेको निसान कम्पनीको बागमती प्रदेश ०१-०२६ च ०२९९ नम्वरको कारलाई रोकेर चेकजाँच गर्दा कारको डिकीमा झोलाभित्र एक हजार दरको एक सय थान नोट भएको १८ बिटोमा नेपाली रुपैयाँ जम्मा १८ लाख रुपियाँ लुकाइ छिपाइ राखेको अवस्थामा बरामद गरेको जिप्रका सर्लाहीका सूचना अधिकारी डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिएको छ।
पक्राउ पर्नेहरुमा कार चालक मकवानपुरको हैटौंडा उपमहानगरपालिका-३ बासामाडी बस्ने ४० वर्षीय हेमराज विश्वकर्मा, सोही कारमा सवार सुनसरीको बराहक्षेत्र नगरपालिका- ४ घरभइ हाल काठमाडौं महानगरपालिका काँडाघारी बस्ने ३१ वर्षीय मौसम मग्राती, सर्लाहीको बागमती नगरपालिका-१ बस्ने ३१ वर्षीय दीपक तामाङ र खोटाङको रावावेशी गाउँपालिका-४ बस्ने ४४ वर्षीय विमल तामाङ रहेका छन् ।
पक्राउ परेका चारै जनालाई सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी पंजियारले जनाएको छ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार