अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० जेष्ठ २४, बुधबार २१:३२

सर्लाही,जेष्ठ २४
बाल कल्याण समाज,सर्लाहीले (CWS)टुहुरा बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण तथा सम्मान कार्यक्रम सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न गरेको छ।बुधबार बिहान मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा CWS का अध्यक्ष सुन्दर श्याम रायको अध्यक्षता तथा सर्लाही जिल्ला सभापति कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा मलंगवा नगरपालिका क्षेत्र भित्रका ५ वटा सामुदायिक विद्यालयहरु श्री लक्षमी देवी जनता मा. वि. गम्हरिया, श्री सहिद दिनेश प्रा. वि., श्री प्रा. वि. मलंगवा-३ डोम टोल, श्री प्रा. वि. मलंगवा- ४ र श्री प्रा वि. गनेशियामा अध्ययनरत २६ जना टुहुरा बालबालिकाहरुलाई अभ्यास पुस्तिका, डटपेन,औजार बक्स र कलर सेट लगायतका शैक्षिक सामग्री वितरण गर्नुका साथै टुहुरा बालबालिकाहरुको पढाइलाई निरन्तरता दिन विभिन्न माध्यम तथा स्तरबाट सहयोग पुर्‍याउने विभिन्न संघसंस्था तथा सहयोगी हातहरुलाई आयोजक संस्थाको तर्फबाट मधेस र मधेसीको पहिचान गमछा ओढाएर कदर पत्रसहित सम्मानित गरिएको छ।
आयोजक संस्थाले आफ्नो स्थापना कालदेखिनै सर्लाही जिल्लामा कार्यरत एकजना क्रियाशील पत्रकारलाइ सम्मानित गर्दै आएको र सोही अनुरुप संस्थाले जिल्लाको सदरमुकाम मलंगवा न.पा बाट प्रकाशित हुँदै आएको लोकतन्त्र दैनिक पत्रिकाका सम्पादक एवं योहो टभी एच.डी का सम्वाददाता मलंगवा-२ निबासी पत्रकार मनोज यादवलाई पनि कदरपत्रसहित गमछा ओढाएर सम्मानित गरेको छ।यसै कार्यक्रम मार्फत आयोजक संस्थाका अध्यक्ष एवं समाजिक अभियन्ता सुन्दर श्याम रायलाई विभिन्न सामाजिक क्रियाकलाप तथा बालबालिकाको उत्थानको क्षेत्रमा गर्दै आएको कार्यको उच्च मुल्यांकन गर्दै जिल्ला समन्वय समितिका प्रमुख सिहले गमछा ओढाएर सम्मानित गरेका थिए।
मानव अधिकारकर्मी मुकेश मिश्रले संचालन गरेको कार्यक्रममा विशिष्ठ अतिथि नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवान, विभिन्न विद्यालयका प्रधानाध्यापक ,शिक्षक,विद्यार्थी ,मानवअधिकारकर्मी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।
विजडम कोचिङ्ग ईन्स्टिच्यु मलंगवा, सन्त अल्पमाई रामनारायण यादव बहुप्राबिधिक शिक्षालय मलंगवा, एभरग्रीन अंग्रेजी मा. वि. जितपुर बारा, सिद्धि बिनायक मा. वि. कलैया बारा, एमरोल्ड एकेडेमी जितपुर बारा, जितपुर पब्लिक ईङ्गलिस स्कुल जितपुर बारा , लोटस एकेडेमी सिमरा बारा र ॐ शक्ति ईङ्गलिस स्कुल जनकपुरमा अध्ययनरत विद्यार्थीहरुको सहयोगमा कार्यक्रमको आयोजना गरिएको CWS का अध्यक्ष रायले जनाएको छ।
यस संस्थाले विभिन्न सहयोगी हात तथा शैक्षिक संस्थाहरुको सहयोगमा हालसम्म सर्लाही जिल्ला भरीबाट ५ सय जना भन्दाबढी टुहुरा बालबालिकाहरुलाई शैक्षिक सामाग्री लगायत अन्य विभिन्न सामाग्रीहरु वितरण गरिसकेको अध्यक्ष रायले बताएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार