अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० जेष्ठ २४, बुधबार १६:२८

 

 

काठमाडौँ,जेष्ठ २४
नेकपा एमालेका सांसद अमृतादेवी अग्रहरीले किसानले रासायनिक मल र बिउ पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
रासायनिक मल र बि नपाएको र पाए पनि नक्कली परेको भनी आफूलाई बिहानै १० वटासम्म टेलिफोन आउने गरेको उनले बताइन् ।‘किसानहरु बोर्डरमा ठगिइरहेका छन्,’ बुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले भनिन्, ‘बोरामा ओर्जिनल लेखेको हुन्छ, छापहरु ओर्जिनल लेखेको हुन्छ तर भित्र खाद्य मल पनि नक्कली हुन्छ र बिउबिजन पनि नक्कली हुन्छ ।’ यस्तो कार्य हुँदा पनि सरकार कहिलेसम्म आँखा चिम्लेर बस्छ भन्ने उनको प्रश्न छ ।
जिल्ला कृषि कार्यालयमा मल र बिउ उपलब्ध नभएको भन्दै उनले आवश्यक परेको बेलामा नै मल र बिउ उपलब्ध पाउने व्यवस्था मिलाउन उनले सरकारको ध्यानाकर्षण गराइन् ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार