अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० जेष्ठ २१, आईतवार २०:४९

 

सर्लाही,जेष्ठ २१

सर्लाहीका साहु महाजनहरुले आज दिउँसो सदरमुकाम मलंगवामा प्रदर्शन गरेका छन् ।सरकारले मिटरब्याजीको नाममा चरित्र हत्या गरेर निर्दोषलाई फसाउने काम भइरहेको भन्दै त्यसविरुद्ध गठन गरिएको संघर्ष समितिले आइतवार मलंगवा स्थित जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेका हुन।
विरोध प्रदर्शन गर्नु पुर्व जिल्लाको विभिन्न ठाउँबाट सयौंको संख्यामा आएका महिला तथा पुरुष साहुहरु जनविरोधी अध्यादेश २०८० खारेज गर,एक पक्षिय कार्यवाही बन्द गर,वित्तीय कारोबार सहज गर लगायतका नाराहरु लेखिएको प्लेकार्ड बोकेर नाराबाजी गर्दै नगरको परिक्रमा गरि जिल्ला प्रशासन कार्यालयको मुख्य गेट अगाडी आएर नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।
सरकारले मिटरब्याजी पीडितको समस्या समाधानको नाममा र दबाबमा अध्यादेशमार्फत कानुन ल्याएर निर्दोष साहु महाजनलाई समेत उठिबास र बदनाम गराउन खोजेको उनीहरूले आरोप लगाएका छन् । ‘समस्यामा परेको बेला सहयोग लिने तर तिर्नेबेला मिटरब्याजी भनेर प्रहरीमा निवेदन दिने त्यस्ता अवसरवादीविरुद्ध संगठित रूपमा आवाज उठाउन संघर्ष समिति गठन गरेर आन्दोनमा उत्रिएको समितिका सदस्य मलंगवा निवासी पप्पु कर्णले बताए।
उनीहरूले अपरिपक्व अध्यादेश कानुनको मान्य सिद्धान्त विपरीत जारी हुनुभन्दा पहिल्यै भएका कार्य व्यवहारलाई समेत असर पर्ने गरि एक पक्षीय रुपमा पछिबाट जारी भएको अध्यादेशमा राखिएको कानुनी व्यवस्थाहरु तत्काल खारेज गरि सामाजिक जनजिवन सहज रुपले चल्न सक्ने गरि उपयुक्त कानुनी व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।
सरकारले मिटर ब्याजबाट पीडित भएकाहरूलाई जिल्ला प्रशासन कार्यालयको उजुरी शाखामा आवेदन दिन आह्वान गरेपछि सर्लाहीको जिल्ला प्रशासन कार्यालयमा हालसम्म १ हजार ९ सयभन्दा बढी उजुरी परिसकेको बताइएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार