अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० जेष्ठ २०, शनिबार १२:३२

सर्लाही,जेष्ठ २०
सर्लाहीको विष्णु गाउँपालिकामा १९ जना नयाँ कुष्ठरोगीहरु फेला परेका छन्।गाउँपालिका द्वारा संचालित एक दिने छाला रोग सम्बन्धि नि:शुल्क जाँच शिविरमा सो रोगका बिरामीहरु फेला परेका हुन।
शिविरको क्रममा फेला परेका नयाँ कुष्ठरोगीहरुमा ४ जना बच्चाहरु पनि रहेको विष्णु गापाको स्वास्थ्य शाखाले जनाएको छ।
छाला रोगका बिरामीहरुको खोजी तथा उपचारको लागि गाउँपालिकाले आयोजना गरेको छाला रोग सम्बन्धि एक दिने नि:शुल्क जाँच शिविरको गापा अध्यक्ष जवाहरलाल यादवले उद्घाटन गरेका थिए। स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख नवल किशोर झाको प्रमुख आतिथ्यता सम्पन्न भएको शिवरमा लालगढ अस्पताल धनुषाका प्राविधिक डा.अशोक राई र मिनाली तामाङले बिरामीहरुको जाँच गरेका थिए।
शुक्रवार सम्पन्न भएको उक्त शिविरबाट महिला,पुरुष र बच्चाहरु समेत गरि ५७० जनाले सेवा लिएको स्वास्थ्य शाखाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार