अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० जेष्ठ १९, शुक्रबार ११:३९

सर्लाही,जेष्ठ १९
मुस्लिम बोर्ड नेपालले मुस्लिम समुदायको पवित्र धार्मिक स्थल मक्का मदिनाको हजको विषयमा जानकारी गराउने उद्देश्यले सर्लाहीका हज यात्रीहरुको लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ।
डा.मोवश्शिर हसन मिस्बाहीको अध्यक्षता तथा हजरत अल्लामा ईमामुद्दीन कादरीको प्रमुख आतिथ्यतामा मलंगवा नगरपालिका वडा न-३ स्थित जिलानिया जामे मस्जिद, मदरसा जिलानियामा आयोजना भएको कार्यक्रममा हज यात्रीहरुलाई मक्का मदिना पुगेपछि हज गर्ने, नमाज पढने, लुगा लगाउने र दानपुन गर्ने विषयमा प्रशिक्षण दिइएको थियो।
सम्पन्नशाली व्यक्तिको जिवनकालमा “हज” एकचोटी अनिर्वाय मानिन्छ । हज जाँदा सो व्यक्तिले आफुँ माथि रहेको कर्जाको चुक्ता र गल्तीको क्षमा याचना गरि गएको खण्डमा “हज”पुरा हुने बोर्डका अध्यक्ष मिस्वाहीले बताए। उनका अनुसार हज गरिसकेपछि हाजी निस्पाप र पवित्र हुन्छ र पछि उसले धार्मिक क्रियाकलापलाई ईमान्दारिता पुर्वक निर्वाह गर्नु पर्दछ । हाजीले गलत काममा लाग्नु हुदैन । गलत काममा लाग्ने हाजीको हज रद्द हुने मिस्बाहीले बताए ।
यसवर्ष सर्लाही जिल्लाभरीबाट ४४ जनालाई हज कोटा प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जानकारी गराएको छ ।
दारुल उलूम बाज-ए-अशहब बारी कुण्ड जिल्ला प्रतापगढ यूपीका निर्देशक हजरत अल्लामा इमामुद्दीन कादरी बुर्हानीले प्रशिक्षण दिएको कार्यक्रममा तीर्थयात्री बाहेक जिल्लाका दर्जनौं ख्याति प्राप्त ओलमा, मशैख तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।बुहार्नीले सहभागीहरुलाई हजको अनुष्ठानको सामान्य ज्ञानमा महत्त्वपूर्ण प्रशिक्षण दिएका थिए।
कार्यक्रममा तीर्थयात्रीलाई ओल्मा करमको पवित्र हातबाट गुल पोशी अर्पण गरिएको थियो भने मुस्लिम बोर्ड नेपालले हजरत अल्लामा इमामुद्दीन कादरीलाई उनको शैक्षिक तथा तालिम सेवाको लागि इमाम गजाली पुरस्कार प्रदान गरिएको थियो।
दुई सत्रमा संचालन भएको कार्यक्रममा हजरत अल्लामा मेराज अश्दक रिज्वी , मौलाना अली हसन, मौलाना शमसुल खान,हाफीज नसिर हुसैन गजाली लगायतको उपस्थिति रहेको खुटौनाका युवा कैमुल हुसैनले जनाएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार