अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ पुष १, बिहीबार ०९:०६

काठमाडौं । बेलायतमा एकैदिन अहिलेसम्मकै धेरै ७८ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोरोना महामारी सुरु भएयता बेलायतमा हिजो एकैदिन अहिलेसम्म कै धेरै ७८ हजार ६ सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । यो दर अझै बढ्ने भन्दै सचेत हुन त्यहाँका स्वास्थ्यविज्ञले अपील गरेका बीबीसीले जनाएको छ ।

यसअघि गत वर्षको जनावरी ८ मा बेलायतमा सबैभन्दा धेरै ६८ हजार ५३ जनामा कोरोना पुष्टि भएको थियो । त्यतिबेला बेलायत लकडाउनमा थियो । बेलायतमा अहिलेसम्म १ करोड १० लाख १० हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको छ ।

जसमध्ये ९६ लाख १७ हजार सङ्क्रमित निको हुँदा १ लाख ४६ हजारको भने मृत्यु भएको छ । त्यहाँ हिजो १ सय ६५ जनाको मृत्यु हुँदा ४३ हजार ३ सय ९५ जना निको भएका छन् । बेलायतमा अझैपनि १२ लाख ४५ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेकामा ८ सय ९६ जनाको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार