अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ पुष १, बिहीबार ०८:४३

काठमाडौं । आगामी माघ २ गतेबाट उच्च अदालत र जिल्ला अदालतमा पनि गोला प्रक्रियाबाट पेसी तोकिने भएको छ । हिजो बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले माघ २ गतेदेखि सबै उच्च र जिल्ला अदालतमा गोलाप्रक्रियाबाट पेसी तोक्ने निर्णय गरेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले बताउनुभयो ।

उहाँका अनुसार पूर्ण बैठकले उच्च र जिल्ला अदालतमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापन गर्न आवश्यक नियमावली, निर्देशिका र कार्याविधि तयार पार्न सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएको छ ।

बैठकले गोला प्रक्रिया सुरु गर्नका लागि उच्च अदालत नियमावली २०७३ र जिल्ला अदालत नियमावली २०७५ मा गर्नुपर्ने संशोधन र गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापन सम्बन्धी निर्देशिका बनाई पूर्ण बैठकमा पेस गर्न सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिने निर्णय भएको छ । यो निर्णयसँगै अब सर्वोच्च अदालतसहित उच्च र सबै जिल्ला अदालतमा पनि गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापन हुने भएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार