अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ पुष १, बिहीबार ०८:३७

काठमाडौं । काँग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनुभएको छ । खड्काले ७ उम्मेदवारमध्ये सबैभन्दा धेरै २ हजार १ सय २१ मत पाउनुभयो । गुरुङ १ हजार ९ सय ८ मत पाएर विजयी हुनुभएको छ । विजयकुमार गच्छदारले भने १ हजार ९ सय ६ मत प्राप्त गर्दै दुई मतले पराजय ब्यहोनुर्् भयो ।

यस्तै अर्का प्रत्यासी चन्द्र भण्डारीले १ हजार ५ सय ८०, सुजाता कोइरालाले ६ सय ४४, महेश आचार्यले ५ सय ८९ र दिव्यश्वरी शाहले १ सय ३२ मत प्राप्त गर्नुभएको छ । खड्का निवर्तमान महामन्त्री हुनुहुन्छ भने गुरुङ केन्द्रीय सदस्य हुनुहुन्थ्यो । खड्काले देउवा प्यानलबाट जित्नुभएको हो भने, कोईराला प्यानलका गुरुङ नेविसंघबाट राजनीतिमा उदायका नेता हुनुहुन्छ ।

गत सोमबार भएको मतदानमा उपसभापति पदका लागि ४ हजार ६ सय ८९ मत खसेको थियो । सभापतिमा शेरबहादुर देउवा निर्वाचित भईसक्नुभएको छ । यसैबीच महामन्त्री पदको मतगणना अहिले केहीबेरमै सुरु हुँदैछ ।

बिहान ९ बजेदेखि पार्टी केन्द्रिय कार्यालय सानेपामा महामन्त्री पदको मतगणना सुरु हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । महामन्त्रीमा गगन थापा, विश्वप्रकाश शर्मा, डा प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल र डा राजाराम कार्कीका लागि चार हजार ६७९ जनाले मतदान गरेका समितिले जनाएको छ । पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार