अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २९, बुधबार १०:०५

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको नयाँ स्वरुप ओमिक्रोन विश्वका धेरै देशमा फैलिसकेको आशंका गरेको छ । अहिलेसम्म ७७ देशमा पुष्टि भएको ओमिक्रोन अरु धेरै देशमा पनि फैलिसकेको डब्लूएचओले आशंका गरेको हो ।

डब्लूएचओका प्रमुख ट्रेडोस अधानोम गेब्रेसियससले पहिचान नभइकन विश्वका धेरै देशमा ओमिक्रोन फैलिसकेको आशंका गर्दै यसलाई नजरअन्दाज गर्न नहुनेमा जोड दिनुभएको छ । उहाँले ओमिक्रोनलाई लिएर चनाखो वा सचेत हुनुपर्नेमा त्यसो नभएको भन्दै चासो र चिन्ता व्यक्त गर्नुभएको छ ।

झण्डै ५० वटा उत्परिवर्तन (म्युटेशन) भएर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बनेको हो । यो भेरियन्ट यसअघिका भेरियन्टभन्दा बढी उत्परिवर्तित रहेकाले बढी सङ्क्रामक पनि देखिएको बीबीसीले उल्लेख गरेको छ । दक्षिण अफ्रिकामा नोभेम्बरको अन्तिम हप्ता पहिलोपटक पुष्टि भएको ओमिक्रोन भेरियन्ट अहिलेसम्म ७७ देशमा फैलिसकेको पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार