अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २८, मंगलवार १८:३४

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदको लागि दोस्रो चरणको मतदान सुरु भएको छ । हिजो भएको मतदानमा ५ जना प्रतिस्पर्धामा रहेकाले कसैको पनि ५० प्रतिशत मत नकटेपछि आज फेरि दोस्रो चरणको मतदान भएको हो । दोस्रो चरणमा हालका सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीमा प्रतिस्पर्धा भइरहेको छ ।

दोस्रो चरणको मतदान आज साढे ३ बजे सुरु भएको छ । दोस्रो चरणको मतदानको लागि पनि प्रतिनिधिहरू उत्साहपुर्वक तरिकाले लाइनमा बसेका छन् । यस अघि सभापतिको उम्मेद्वार रहेका प्रकाशमान सिंह, बिमलेन्द्र निधि तथा कल्याण गुरुङ तीनै जनाले दोस्रो चरणमा सभापति शेरबहादुर देउवालाइ सघाउने बताएका छन् ।

पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७०२ प्रकाशमानले ३७१ तथा निधिले २५० मत प्राप्त गरेका थिए । दोस्रो चरणमा चुनाब हुने भएपनि सभापतिका प्रत्यासी कोइरालाले पत्रकार सम्मेलन गर्दै अन्तरमनको भावना सुनेर मतदान गर्न आग्रह गर्नुभएको थियो । निर्वाचन समितिले दोस्रो चरणको मतदानका लागि साढे ३ देखि ७ बजेसम्मको समय निर्धारण गरेको छ । सभापति पदमा मात्र मतदान हुने भएकाले छिटो हुने निर्वाचन समितिको भनाइ छ । दोस्रो चरणको मतदानमा सभापतिका दुबै उम्मेद्वार मतदान स्थलमा पुगेर मतदातासँग मत मागेका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार