अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २७, सोमबार ०९:४१

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा सङ्कटा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सङ्कटा र पुलिसबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । आजको खेलमा सङ्कटा दोस्रो जित निकाल्ने योजनासहित मैदान उत्रनेछ ।सङ्कटा ३ खेलमा ५ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ । पुलिसलाई हराएर सङ्कटा शीर्ष तीनमा उक्लन चाहन्छ ।पुलिस पनि आज दोस्रो जितको खोजीमा रहेको छ । पुलिस ५ अङ्क जोडेर सातौं स्थानमा रहेको छ । सङ्कटालाई हराएर पुलिस शीर्ष तीनमा उक्लन चाहन्छ ।

यस्तै आजै हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ।जावलाखेल र ब्रिगेडबीचको खेल अपरान्ह ४ः४५ मा सुरु हुनेछ ।जावलाखेल आज पहिलो अङ्कको खोजीमा रहेको छ भने ब्रिगेड आज दोस्रो जितको खोजीमा हुनेछ । ब्रिगेड ४ अङ्क जोडेर नवौं स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार