काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल १४औँ महाधिवेशनको मतदानमा सहभागि नहुने बताएका छन् । नयाँ नेतृत्त्व चयनका लागि आज हुने मतदानमा आफू सहभागी नहुने उनले बताएका हुन । लामो समय संस्थापनइतर खेमाको नेतृत्व सम्हाल्दै आएका पौडेलले मतदानमा सहभागी नहुने निर्णय गरेको उनका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिनुभयो ।पौडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने पक्षमा थिए । संस्थापन इतर पक्षमा सहमति हुन नसकेपछि उनले राजनीतिक प्रतिस्पर्धाबाट अलग हुने घोषणा गरेका थिए ।
२०७८ मंसिर २७, सोमबार ०९:२२
ताजा समाचार
ट्रेडिङ समाचार
© 2026: Sourya Khabar All Rights Reserved | Pravicy Policy
Powered By: Pro-Tech





