अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २६, आईतवार १८:०६

काठमाडौं । नेपाली काँग्रेसको जारी १४ औं महाधिवेशनमा सभापति पदको लागि वर्तमान सभापति शेरबहादुर सहित ५ जनाको बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । हिजो सभापति शेरबहादुर देउवासहित उपसभापति विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह, कल्याण गुरुङ, युवराज न्यौपानेले उम्मेद्वारी दिएका थिए । तर आज न्यौपानेले सभापतिका उम्मेद्वार कोइरालालाइ समर्थन गर्दै उम्म्ेद्वारी फिर्ता लिएपछि अब ५ जनामा प्रतिस्पर्धा हुने देखिएको छ ।

यसपटकको महाधिवेशनमा लामो समयदेखि सँगै रहेका नेताहरु पनि अलग, अलग प्यानलमा परेका छन् । देउवाको प्यानलबाट उपसभापतिमा विजय कुमार गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बनेका छन् । यस्तै महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार भएका छन् ।

यस्तै, सभापतिमा उम्मेद्वारी दिनुभएका अर्का नेता निधिको प्यानलबाट उपसभापतिमा दिव्येश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीको उम्मेदवारी दर्ता भएको छ । सभापतिमा उम्मेद्वारी दिनुभएका कोइरालाको प्यानलबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा रहेका छन् । नेता प्रकाशमान सिंह पनि चुनाबी दौडमा छन् ।

सिंहको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा शर्मा रहेका छन् । प्रवक्ता शर्मा लामो समय सभापति शेरबहादुर देउवाको प्यानलमा थिए । काँग्रेसमा भोली मतदान हुने छ । महाधिवेशनले १४ पदाधिकारी सहित १ सय ६८ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार