अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २६, आईतवार १०:१२

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एक खेल हुँदैछ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा थ्री स्टार क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र एपीएफबीचको खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।थ्री स्टार आजको खेलबाट दोस्रो जितको खोजीमा हुनेछ । थ्री स्टार ३ खेलमा ४ अङ्क जोडेर आठौं स्थानमा रहेको छ । एपीएफलाई हराएर थ्री स्टार शीर्ष पाँचमा उक्लन चाहन्छ ।थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई  ३–० ले हराएको थियो ।

दोस्रो खेलमा थ्री स्टार सातदोबाटो युथसँग १–० ले पराजित हुँदा तेस्रो खेलमा फ्रेन्ड्स क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।यता, एपीएफ भने पहिलो जितको खोजीमा हुनेछ । एपीएफले ३ खेल खेल्दा अङ्क जोड्न सकेको छैन ।एपीएफ पुछारमा रहेको छ । तर, एपीएफ थ्री स्टारलाई हराएर पहिलो अङ्क जोड्न चाहन्छ ।एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३–२ गोल अन्तरले पराजित भएको थियो । एपीएफ दोस्रो खेलमा च्यासल युथसँग १–० ले तथा तेस्रो खेलमा सातदोबाटोसँग ४–१ ले पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार