अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २६, आईतवार ०९:५२

काठमाडौं । सरकारले कोभ्याक्स सुविधामार्फत्थप १९ लाख ६५ हजार ६ सय मात्रा मोडर्ना खोप आज नेपाल ल्याउन लागेको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले आज थप खोप नेपाल आउन लागेको जानकारी दिएका छन् । सरकारले लिएको लक्ष्य पूरा गर्न पछिल्लो समय १२ वर्ष माथिका र १८ वर्ष मुनिका बालबालिकाका लागि खोप ल्याउने क्रमलाई तीव्रता दिएको छ ।

यसअघि, शुक्रवार र बिहीवार गरी ३६ हजार ५१ हजार ६ सय मात्रा मोडर्ना खोप सरकारले नेपाल ल्याइसकेको छ। सरकारले उक्त खोप १२ देखि १८ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि लगाउने तयारी गरिसकेको छ।स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहाल अनुसार देशका ५७जिल्लाका विद्यालयबाट खोप अभियान सञ्चालन गर्न लागेको छ । यस्तै हिमाली जिल्लाका लागि १ सयभन्दा बढी विद्यार्थी भएको विद्यालय र अन्य बाँकी जिल्लामा २ सयभन्दा बढी विद्यार्थी भएको विद्यालयमा खोप केन्द्र तोक्ने मापदण्ड तय गरिएको प्रमुख दाहालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार