अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २६, आईतवार ०९:४४

काठमाडौं । नयाँ नेतृत्वका लागि मतदानको नजिक आईसपुग्दा नेपाली काँग्रेसको आन्तरिक समिकरणमा व्यापक फेरबदल देखिएको छ । सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको संस्थापन समूह एक रहन सकेन भने इतर समूह पनि तितर बितर भयो । विगतदेखि देउवालाई सघाउँदै आएका नेता विमलेन्द्र निधीले पहिल्यै विद्रोह गर्दै आफु सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका थिए । सोही अनुसार उनले सभापति पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।पार्टीका प्रभावशाली युवा नेता विश्वप्रकाश शर्माले पनि अन्तिम समयमा देउवाको साथ पाएनन् ।

देउवाको टिमबाट महामन्त्रीको उम्मेदवार बन्न असफल भएपछि उनी बाध्य भएर प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका छन् । मधेशमा पकड भएका नीति र युवा पुस्तामा प्रभाव बनाएका शर्मालाई गुमाउँदा देउवालाई केही न केही धक्का अवश्य पुग्ने छ । तर, पछिल्लो समिकरणमा देउवालाई केही लाभ पनि भएको छ ।अघिल्लो महाधिवेशनमा सभापति पदका उम्मेदवार बनेका कृष्ण सिटौलाले देउवालाई समर्थन गरेका छन् । आफ्नो समूहका युवा नेता प्रदीप पौडेललाई महामन्त्री बनाउने शर्तमा उनले देउवालाई समर्थन गरेका हुन् ।

यता, संस्थापनइतर समूहले अन्तिम समयसम्म निकै कसरत गर्दा पनि सर्वसम्मत सभापति उभ्याउन सकेन । अन्ततः यो समूह नै छिन्न भिन्न बन्यो । यस समूहबाट शेखर कोइराला र प्रकाशमान सिंह सभापतिका उम्मेदवार बनेका छन्। शेखर कोइरालाले पदाधिकारीमा पूरा प्यानलसहित उम्मेदवारी दिएका छन् । यसअघि कृष्ण सिटौलाको समूहमा रहेका युवा नेता गगन थापा शेखरको प्यानलमा आएका छन् । उनी महामन्त्रीका उम्मेदवार हुन । अर्का नेता डा. मिनेन्द्र रिजाल पनि कोइराला प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका छन् ।

डा. रिजाल अघिल्लो १३ औं महाधिवेशनबाट गुट परिवर्तन गर्दै देउवालाई छाडेर रामचन्द्रको समूहमा लागेका थिए । यसअघि रामचन्द्र पौडेल समूहमा रहेका नेताहरु धनराज गुरुङ र चन्द्र भण्डारी कोइरालाको प्यानलबाट उपसभापति पदका उम्मेदवार बनेका छन् । यता कोइराला परिवारकै सदस्य सुजाता कोइराला भने शेखरको प्यानलमा अटाइनन् । उनीले प्रकाशमानको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएकी छिन । रामचन्द्र पौडेल र शशाङ्क कोईरालाको समर्थनप्राप्त शेखरले सभापतिमा देउवालाई कडा टक्कर दिन सक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार